Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सात बर्ष अमेरिका बसेकाहरुलाई ग्रिन कार्ड दिने विधेयक प्रस्तुत

सात बर्ष अमेरिका बसेकाहरुलाई ग्रिन कार्ड दिने विधेयक प्रस्तुत

नेप्लिज डायस्पोरा

५, श्रावण २०७९
images
सात बर्ष अमेरिका बसेकाहरुलाई ग्रिन कार्ड दिने विधेयक प्रस्तुत

लामो समय अमेरिकामा बसेर पनि ग्रिन कार्ड नबनेकाहरुलाई खुशीको खबर सार्बजनिक भएको छ । उनीहरुले ग्रीन कार्ड पाउने सम्भावना बढेको छ ।

अमेरिकामा लगातार सात बर्ष बसोबास गरेका तर कागज नभएका आप्रबासीहरुलाई प्रक्रिया पुर्याएर ग्रिन कार्ड दिने विधेयक बुधबार तल्लो सदनमा पेश भएको छ ।

"अमेरिकी तल्लो सदन House of Representatives मा आप्रवासीलाई ग्रिन कार्ड दिने सम्वन्धी rolling registry विधेयक बुधबार पेस भएको छ ।" यो विधेयकलाई नजिकबाट हेरेका समीर जोशीले बताए ।

 
यसमा ७ वर्ष अमेरिकामा बसेका जुनसुकै स्टाटसका आप्रवासीलाई ग्रिन कार्ड प्रक्रियामा लैजाने प्रावधान छ । यो विधेयकलाई हाउस अफ रेप्रिजेन्टेटिभका ४६ जना डेमोक्रेटिक सासंदले समर्थन गरेका छन ।

अमेरिकी समाचार माध्यम अनुसार, यो विधेयकले विध्यमान नागरिकता ऐनको सम्वन्धित दफा संसोधन गर्छ । यो विधेयक मात्र २ पृष्ठको छ । समाचारमा विधेयकको बारेमा सबै कुरा सार्वजनिक नभएको बताईएको छ ।


यो विधेयक हाउसबाट पास हुने विश्वास गरिएको छ । तर, संसदको माथिल्तो सदनबाट पारित हुन कठिन हुने समाचारमा उल्लेख छ । यस अघि २०१९ र २०२२ मा यस्तै विधेयक (HR-6, Build Back Better) हाउसबाट पारित भएको थिए तर सिनेटमा  मा प्रस्तुत हुन सकेको थिएन ।

हाउसले पास गरेर सिनेटले पास गरेन भनेपनि यो विधेयकले कानूनको रुप लिन सक्दैन । यो विधेयकमा रिपब्लिकनहरु उदार छैनन । 

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - २१:१६:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend