प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ व्यापक छलफल सहित पारित भएको छ।
लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले “ख़ुशीको दिन” भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष आचार्यले आफ्नो फेसबुक टाइमलाइन मार्फत यो प्रतिक्रिया सार्बजनिक गरेका हुन ।
अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने र छिट्टै सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने विश्वास लिएका छन् । त्यस पछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्ने जनाए।
प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सम्पूर्ण सांसदहरु माननीय राजनीतिक दलका नेताहरु, कानूनविद्, मिडियालगायत संघका सम्पूर्ण एनआरएनएलाई धन्यवाद दिएका छन् । उनले संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्ने यो प्रयासले छिट्टै सार्थकता पाउने अपेक्षा गरेका छन्