दोश्रो बाना कप भलिवलको महिला विजेता मेरिल्याण्ड र पुरुष विजेता टेक्सास बनेका छन । मेरिल्याण्डको बानाकै महिला टोली र टेक्सासको सुदुर पश्चिम टिम पुरुष तर्फ प्रथम भएका थिए ।
त्यस्तै न्युयोर्कबाट आएको म्याग्दी समाजको टिम महिलातर्फको रनर अप र न्युयोर्क बाटै आएको सिन्धु बुद्ध टिम पुरुषतर्फ रनर अप भएका थिए ।
बाल्टिमोरको बानाले भलिबल प्रतियोगिताका बिजयी खेल टोलीलाई १० हजार ५ सय ५४ डलर बराबरको नगद तथा पुरस्कार बितरण गरेको छ।
अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)ले यस बर्ष प्रथम हुनेलाई ५,५५५ डलर, द्वितीय हुनेलाई ३,३३३ तथा बिजयी महिला खेल टोलीलाई १,१११ तथा उप बिजेता महिला टोलीलाई ५५५ डलर सहित नगद तथा पुरस्कार वितरण गरेको छ ।
जुलाई २३ -२४ का दिन आयोजना भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट पुरुष तर्फ १८ वटा खेल टोलीहरु तथा महिला तर्फ ४ वटा टोलीले भाग लिएका थिए ।
आज पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमार राज खरेल रहेका थिए । बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी, महाबाणिज्यदुत प्रेम राजा महत, एनआरएनए अमेरिकाका सचिव अनुप खनाल, बानाका पूर्ब अध्यक्ष क्रिस घिमिरे, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ.संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रमुख अतिथि खरेल, महाबाणिज्य दुत महत, डा.ह्यारी भण्डारी लगायतले छोटो शुभ कामना दिएका थिए । अमेरिकामा भलिवल प्रतियोगिता यत्रो ठूलो राशिको नगद पुरस्कार सम्भवत नेपाली समुदायमा पहिलो हो । गत बर्ष देखि संचालन भएको प्रतियोगितामा यस पटक रकम पनि वृद्धि गरिएको थियो ।
कार्यकमको अध्यक्षता सुबोध पन्तले गरेका थिए भने कार्यक्रम संयोजक भिम केसीले बोलेका थिए । महासचिव सागर घिमिरेले औपचारिक कार्यक्रम संचालन गरेका थिए । अध्यक्ष सुबोध पन्तले सबैलाई धन्यवाद दिएका थिए ।