किरात याक्थुङ चुम्लुङ अमेरिकाले हिजो जुलाई १७ -२०२२ आइतबार को दिन ब्यस्त सहर न्यूयोर्कको क्वींसब्रिज पार्कमा अत्यांतै भव्य र सभ्य तरिकाले आफ्नो वार्षिक मौलिक पर्ब सिसिकप मनायो।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वो मा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिबाशि जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार बिस्टको प्रमुख आतिथ्यतामा भव्य सभ्य सुसंपन्नना भयों ।
उक्त कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल, बिंगो, तानडोरी, छेलो हान्ने लग़ाएतको खेलहरू रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएका समस्त आगन्तुक लिम्बु तथा गैरलिम्बु समुदाय र हरेक व्यक्ति प्रती चुम्लुङ भारी आभारी रहेको बताउनुभयों ।
एस्तो कार्यक्रमले संसार भरी लिम्बुहरुको सन्स्कार, सन्स्कृति जगेर्ना गर्ने कुरामा सबै सङ सन्स्थाका बक्ताहरुको भनाइ थियो भने कामको सिल्सीला अनी कोही-कोही अस्वस्थताको कारण पनी उपस्थित हुन सक्नु भएन सबै संग अर्कोसाल भेटौला भन्ने बाचा पनि अद्यक्षे लिम्बुले गर्नुभयो।
दिनभरी कार्यक्रममा बसेर साथदिनुहूने अनी काममा खटिदिनु भएका हाम्रो दाजुभाइ दिदीबहिनि प्रती अंतर्हृदयदेखी नमन भन्दै यि र एस्टा अलिक ठूलो-ठूलो कार्यक्रम गर्दा कत्ती सानो मसीनो त्रुटिहरु अवश्य हूने गर्दछ र भविष्यमा मीलाऊदै सुधारदै लाने बाचा गर्दै पुनस्च सबैजना धेरै धेरै धन्यबाद दिदै कार्यक्रम समाप्त भएको थियो ।