Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बानाको भलिवल कप प्रतियोगिताको जताततै प्रशंसा भएको छ -भीम केसी

बानाको भलिवल कप प्रतियोगिताको जताततै प्रशंसा भएको छ -भीम केसी

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७९
images
बानाको भलिवल कप प्रतियोगिताको जताततै प्रशंसा भएको छ -भीम केसी

 

बानाका उपाध्यक्ष भीम केसी यतिबेला चर्चामा छन । बाना भलिवल प्रतियोगिताका संयोजक केसीले प्रतियोगीताको संयोजनमा अति नै सुझबुझका साथ सक्रिय भएकै कारण यो खेल सम्पन्न भएको आयोजक, खेलाडी र सामाजिक अगुवाहरुको बिश्लेषण छ । भलिवल प्रतियोगिता भव्यताका साथ सम्पन्न भए लगत्तै खेलका संयोजक भीम केसीसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईले गरेको कुराकानीको यहां प्रस्तुत छः

डायस्पोरा: बाना भलिबल प्रतियोगिताका बारेमा भनिदिनुस न! 

केसी: बानाले गत बर्षदेखि यो प्रतियोगिता शुरु गरेको थियो । यो बर्षको कार्यक्रम त्यसैको निरन्तरता हो । यस बर्ष हामीले पुरुष र महिला भलिबल पनि थप्यौं । अघिल्लो बर्ष पनि म नै संयोजक थिएं र यो बर्ष पनि मैले नै यसको संयोजन गरें । 

डायस्पोरा: बानाले खेल प्रतियोगिता किन शुरु गर्यो ? र भलिबल नै किन?

केसी: म अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष र बानाको खेल संयोजक थिएं । समाजका सबै क्षेत्रलाई समेट्नु संस्थाको काम हो । हामीले विभिन्न विभागहरु बनायौं र मैले खेलको विभाग सम्हालें । पहिला बाना भनेपछि खेलाडीहरुले वास्ता नै नगर्ने बाताबरण थियो । भलिबल शुरु गरेपछि खेलाडी र समुदायको बानाप्रति आकर्षण बढेको छ। बानामा खेल विभाग चाहिन्छ भनेर भन्ने मैले नै प्रस्ताव गरेको हुं । हामी बाल्टिमोरका अरु संस्थाले अरु खेलहरु खेलाएको अबस्थामा हामीले भलिबललाई अगाडी बढाउने निर्णय गर्यौं । भलिबल नेपालको धेरै मन पराईने र धेरै खेलिने खेल पनि हो । पुरै अमेरिकामा पनि यो खेलको आकर्षण बढिरहेको छ । नेपाली अमेरिकनहरुमा त यो खेल धेरै नै लोकप्रिय छ । पछिल्लो प्रमाण बाना कप प्रतियोगिता नै हो । 

2577A18E-C8DB-4BDF-A5DA-1D4042F1840B.jpeg

डायस्पोरा: कसरी ? 

केसी: टिम सहभागीता हेर्नुस न । टेक्सास न्युयोर्कदेखि टिम आएको छ । १८ वटा टिम सहभागी भयो पुरुषको । महिलाको ४ टिम सहभागी भयो । भलिवल सानो ठाउंमा हुन्छ र दर्शकले नजिकबाट हेर्न पाउंछ र मज्जा पनि लिन सक्छ । फेरी गाउघरमा हामी सबैजसो भलिवल खेलेरै आएका मान्छे हौं । 

डायस्पोरा: सबैले खेल सौहार्द तरीकाले सम्पन्न गरेको भनेर प्रशंसा गरेका छन । संयोजकका हिसाबले यो सम्भव बनाउन कति मेहेनत गर्नु पर्यो ? 

केसी: हामीले पोहोरको अनुभवबाट धेरै सिक्यौं । यो पटक शुरु मै जुममा बसेर सबै खेलाडी र टिम क्याप्टेनहरुसंग छलफल गरेका थियौं । विवाद हुनसक्ने बिषयमा पहिल्यै कुरा भएकोले समस्या आएन । खेलाडी साथीहरुप्रति म अति नै आभारी छु । रेफ्रिहरुको भूमीका पनि प्रशंसा योग्य छ । 

डायस्पोरा: तपाईको पनि त तारिफ सुन्न पाईएको छ नी! 


केसी: जरुर! खेलाडी साथीहरुले मलाई धेरै नै फोन र म्यासेज मार्फत राम्रो र व्यबस्थित प्रतियोगिता गर्नुभएको भन्दै प्रशंसा गर्नु भएको छ । तर म यसको श्रेय अध्यक्ष सुवोध विलास पन्त लगायत बानाको सिंगो टिम र आयोजक कमिटिलाई धन्यवाद दिन चाहन्छु । कलेक्टिभ ईफोर्टबाट मात्र यो सम्भव हुन्छ । एउटा व्यक्तिले गरेर मात्र हुदैन। 

डायस्पोरा: भनेपछि यसका स्टेक होल्डर अरुपनि हुन! 

केसी: हो । बाना कार्य समिती, सबै खेलाडीहरु, चन्दादाता, मिडियाकर्मी, स्वयंसेवक बानाका सदस्यहरु र दर्शकहरु यो कार्यक्रम भव्य सफल हुनुका स्टेक होल्डर हुनुहुन्छ । म र बाना परिवार उहांहरुप्रति आभारी छौं ।

7C0EE3A3-90F9-4236-9957-AE249FF34229.jpeg

डायस्पोरा: महिलाको हकमा पुरस्कार राशी कम भयो र यो त भेदभाव पनि भयो भन्ने गुनासो पनि बाहिर आयो । केही भन्नु छ ? 

केसी: मैले सुनेको छु र हामीलाई त्यो महशुस भयो पनि । तर हामीले ईन्टेन्सनल्ली त्यसो गरेका होइनौं । त्यस्तो देखिन गएकोमा हामीलाई दु:ख लागेको छ ।

डायस्पोरा: भएको के हो? 

केसी: वास्तवमा शुरुमा पुरुष भलिवलको मात्र कुरा चल्यो । पछि टिम धेरै नभएपनि मैत्रीपूर्ण महिला भलिवल गरौं भनेर छलफल शुरु गर्यौं । महिला टिम धेरै हुदैन होला तर यो बर्ष मैत्रीपूर्ण गरौं अर्को बर्ष प्रतियोगिता गर्न सजिलो हुन्छ भनेर सोच्यौं । तर ४ टिमले रजिष्टर गरेपछि हामी उत्साहि त भयौं तर हामीले पुरस्कार राशी धेरै बनाउन सकेनौ। पछि खेलकै क्रममा बढाउने सोंच भएको थियो, बानाकै टिमले जितेपछि पुरस्कार बढाएर दिदा झन नकारात्मक सन्देश जान्थ्यो । त्यसैले घोषणा गरेकै रकम दियौं । अर्को टिमले जितेको भए हामीले रकम बढाउथ्यौं । संगैमा बुझ्नु पर्ने कुरा के छ भने हामीले महिला टिमसंग रजिष्ट्रेशन शुल्क लिएनौ। साथै खेल अबधीभर होटल र खानपिनको पुरै ब्यवस्था पनि गर्यौं । 

डायस्पोरा: यो खेलले हाम्रो समाजमा ल्याएका तरंगहरु केके हुन?

केसी: एक त बाल्टिमोरका नेपालीहरुको संस्था बानाले आयोजना गरेको प्रतियोगीता अमेरिकाभरी चर्चा भयो । हामी बाल्टिमोरबासीले गर्व र गौरव गर्ने कुरा भयो । अमेरिकाका भलिवल खेलाडीहरुलाई प्लेटफर्म र उर्जा प्राप्त भयो । खेलका दर्शकलाई अति नै स्तरिय खेल हेर्ने अवसर मिल्यो। झण्डै पांच सात सय नेपालीहरु यो खेलका माध्यमबाट एकआपसमा जोडिनु भयो । नेपालका राष्ट्रिय स्तरका खेलाडीहरु पनि यो खेलमा प्रतियोगी भएर आउनु भयो । 

डायस्पोरा: आगामी बर्षको प्लान के ?


केसी: यस्तै व्यवस्थित तर अझै भव्य प्रतियोगीताको योजना बनाउने छौं ।

डायस्पोरा: भलिवलप्रति तपाई यति धेरै आकर्षित किन ? 

केसी: भलिवल सानैदेखि हेर्दै र खेल्दै आएकोले यो त मेरो नशा नशामा छ । गाउंमा हुदा खेलियो । कलेज पढ्दा खेलियो । कति प्रतियोगीता आफैले आयोजना गरियो र कति अरुकोमा सहभागी भैयो । भलिवल भनेपछि म जहां पनि पुग्छु । 

 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १०:१८:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend