Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जय नेपाल फाउण्डेशनबाट नेपालमा सामाजिक काम गर्ने तयारी

जय नेपाल फाउण्डेशनबाट नेपालमा सामाजिक काम गर्ने तयारी

नेप्लिज डायस्पोरा

१७, श्रावण २०७९
images
जय नेपाल फाउण्डेशनबाट नेपालमा सामाजिक काम गर्ने तयारी

डायस्पोरामा रहेका नेपालीहरुले नेपालमा विशुद्ध सामाजिक काम गर्न सजिलो होस भनेर 'जय नेपाल फाउण्डेशन' स्थापना भएको छ । संस्था नामाकरण गरियो र अब नेपाल र अमेरिकामा दर्ताको चरणमा छ ।

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनु भएका यादव पण्डितले यो फाउण्डेशन स्थापनाका लागि अगुवाई गर्नुभएको हो । यादव पण्डित एनआरएनए र नेपाली जनसम्पर्क समिति अमेरिकाका अगुवा व्यक्तित्वका रुपमा समेत चिनिनुहुन्छ ।

‘जय नेपाल फाउण्डेशन’ अहिलेसम्म कुनै समिती गठन भईनसकेको  पण्डितले नेप्लिज डायस्पोरासंगको कुराकानीमाबताउनु भयो ।

“स्वभाविक रुपमा डेमोक्रेटिक फिलोसोफी विश्वास गर्ने र नेपालमा केही गरौं भन्ने व्यक्तिसंग हामीले विभिन्न तह र चरणमा काम गर्न सक्छौं ।” पण्डितले भन्नुभयो, “कोही डोनर वा चन्दादाता मात्र बन्न सक्नुहुन्छ भने कोही संस्थामा सक्रिय रुपमा रहन पनि सक्नुहुन्छ ।”

संस्था दर्ता कै प्रक्रियामा रहेको बताउदै पण्डितले अहिले अमेरिकाका लाईक माईण्डेड साथीहरुसंग घनीभूत छलफल भईरहेको पनि जानकारी दिनुभयो ।

“संसारभर रहेका नेपालीलाई आफ्नो गांउ, ठांउ र देशमा केही गरौं भन्ने हुटहुटी छ तर राम्रो र जिम्मेवार संस्था छैन । हामी त्यस्तै संस्थाको परिकल्पना गरिरहेका छौं ।”यादव पण्डितले भन्नुभयो, “स्कुलको कालोपाटी बनाउनेदेखि करोडौंका सामाजिक सेवाका प्रोजेक्टहरु एउटै छातामुनी गर्न सकियोस ।”

“विकास निर्माणका ‘ओभर हेड कस्ट' संस्थाले व्यहोर्छ की चन्दादाताबाट अशुल्छ ?" भन्ने नेप्लिज डायस्पोराको प्रश्नमा पण्डितले यो बिषय छलफलकै क्रममा रहेको बताउनु भयो ।

“नेपालप्रति नेपालीलाई अगाध माया छ । सबैले सानो ठुलो सहयोग या योगदान गर्न चाहन्छन तर अहिले नाम सुनिएका संस्थाहरुमा उनीहरुको विश्वास छैन । चुनावी  दाउपेच र राजनीतिक आस्थाभन्दा पनि माथी, मात्र देशका लागि, जन्मभूमीका लागि र निस्वार्थ मनले सामाजिक काम गर्नका लागि यो संस्थाको गठन गर्न लागेको पनि पण्डितले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ०८:३९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend