अफिसियल्ली ११औं पटक गिनिज वर्ल्ड रेकर्ड दर्जा गराइसकेका नेपालका प्रथम पार्कोर खेलाडी दिनेश सुनारले यहि आउँदो शनिबार अगष्ट १३, २०२२ का दिन १२औं गिनिज वर्ल्ड रेकर्डका एटेम्ट गर्ने भएकाछन। नासो लागायत विभिन्न संस्थाहरुको आयोजना तथा नेपाल एम्बेस्सी वाशिङ्गटन डिसिको सपोर्टमा मेरिल्याण्ड राज्यको नटिङ्गह्याम स्थित एभरेष्ट वर्ल्ड क्लास टाइक्वान्डोको परिसरमा हुनेभएको छ।
पार्कोर खेलाडी दिनेश सुनार यस अघि जापानका खेलाडीद्वारा १० वर्षसम्म कायम गरिएको वर्ल्ड रेकर्डलाई तोडि नेपाल र नेपालीलाई गौरव हुने सुवर्ण अवसर दिलाएका थिए।
खोटाङ जिल्लाका बसिन्दा दिनेश सुनार मातृभूमिको नाम सगौरव उंचो बनाउन आफूले सकेको योगदान दिन सकेसम्म लागीपर्ने तथा पार्कोर खेललाई नेपालमा व्यापक बनाउन अमेरिकन पार्कोर संघ-संस्थाहरुसङ्ग सम्पर्क र सहकार्य गरिरहेको समेत बताएका थिए।
हेर्दा-देख्दा सहज देखिने यो खेल अति गार्हो भएको स्वयं दिनेश बताउँछन। अभ्यासका क्रममा धेरै चोटपटक लागेको र फ्र्याकचर भै महिनौं आराममा बस्न परेको पीडा समेत बताएका थिए।
उक्त १२औं गिनिज वर्ल्ड रेकर्डको एटेम्ट पूर्ण सफल भएकोहोस भनी हार्दिक प्रार्थना गर्दछौं ।