बाल्टिमोर । ‘बाना कप’ फुटबलको उपाधि बाल्टिमोर एथलेटिक क्बल (बिएसी) ले जितेको छ ।
आइतवार साँझ भएको फाइनल खेलमा आयोजक बाना लाई टाईब्रेकरमा ४-३ गोलले हराउदै बिएसीले उपाधि जितेकोहो।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको खेलको निर्धारित र अतिरिक्त समयमा दुबैतर्फबाट गोल नभएपछिखेल टाईब्रेकरमा पुगेको थियो।

यसअघि सेमीफाइनलमा बानाले सुदुर पश्चिमलाई र बिएसीले हिमालयन एफसीलाई हराउदै उपाधिका लागि फाईनलखेल खेलेका थिए।
बिएसीका सुमन राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि जितेकाबिएसीका प्रविण बस्नेत फाइनलको म्यान अफ दि म्याच पनि घोषित भए। प्रविणले कुल चार गोल गरेका थिए।

दुई दिन लगाएर भएको प्रतियोगिता कुल आठ टिमले भाग लिएका थिए। मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुलेस्थापना गरेको क्लबले प्रतियोगितामा भाग लिएका थिए। शनिवार समुह चरणका खेल भएका थिए। आइतवारसेमीफाइनल र फाइनलका खेल भए ।
उपाधिसंगै बिएसीले २५ सय ५५ अमेरिकी डलर र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बानाले १५ सय ५५ डलर जितेको छ।

