Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पूर्बी नेपालका नेपालीहरुले अमेरिकामा पूर्बेली समाजको गठन गरे

पूर्बी नेपालका नेपालीहरुले अमेरिकामा पूर्बेली समाजको गठन गरे

नेप्लिज डायस्पोरा

१४, भाद्र २०७९
images
पूर्बी नेपालका नेपालीहरुले अमेरिकामा पूर्बेली समाजको गठन गरे

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्ने पूर्बी नेपालका नेपालीहरुले पुर्बेली समाज अमेरिकाको गठन गरेका छन ।

 सेप्टेम्बर २८ का दिन बाल्टिमोरमा भएको भेलामा पूर्बी नेपालका विभिन्र जिल्लामा घर भई हाल अमेरिकाका बिभिन्न सहरमा बसोबास गर्ने २०० भन्दा बढीको संख्यामा उपस्थित भेलाले उक्त समितीको गठन गरेको हो ।

समाजका हरेक क्षेत्रमा सक्रिय यूवा बेनि बस्नेतको प्रस्ताव तथ अर्का यूवा सन्तोष घिमिरेको समर्थनमा तुलसि सिंह खड्काको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति सर्ब-सम्मतिले चयन गरेको छ।

सर्बसम्मत गठित समितिको बरिष्ठ उपाध्यक्ष सचिता रायमाझी बस्नेत, उपाधक्ष्य कोपिला बस्नेत, महासचिव बिजय घिमिरे, कोषाधक्ष्य सुनिल कटुवाल, सदस्यहरूः डाक्टर सन्तोष कटुवाल, बिकास मगर, कान्छि बस्नेत, अन्जु थापा रहनु भएको छ। समाजको गतिबिधि सम्बन्धि निर्णय लिने सम्पुर्ण अधिकार कार्यसमितिमा रहने गरि भेला समापन भएको छ।

पूर्बी नेपालबाट आएर यहां बसोबास गर्ने नेपाली दिदीबहिनी र दाजुभाईहरुको सजिलो अप्ठेरोमा सहयोग लिनेदिने उद्देश्यले यस समाजको स्थापना गरिएको समाजसेवी बेनी बस्नेतले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १८:४२:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend