सरु शर्मा / अमेरिका
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आयोजनामा राष्ट्रीय महिला सम्मेलन हुने भएको छ । यहि आउदो सेप्टेम्वर १७ ,२०२२ मा दोस्रो राष्ट्रीय महिला सम्मेलन हुन गैरहेको एनआरएन एनसिसि अमेरिकाले जानकारी दिएको हो ।कार्यक्रम इलिनोइज राज्यको म्यानहेम रोड रोजमोन्टस्थित सेराटन स्विट्समा हुने जानकारी गराईएको छ ।
कार्यक्रम सफल पार्नका निम्ति सिकागो, विस्कन्सिन, वहायो लगायतका राज्यमा रहेका स्थानिय संघ सस्थाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएको एनआरएन एनसिसि अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्राईले जानकारी दिनु भयो । स्थानीय संघ संस्थाहरु संग आईतबार भएको छलफलमा आफ्नो भागमा परेको जिम्मेवारीलाई सहजताका साथ निभाउने र कार्यक्रम सफल पार्न कटिबद्द रहेको विभिन्न स्थानीय संघसस्थाका प्रतिनिधिले बताएका थिए । खाना,बस्न, सांस्कृतिक कार्यक्रम, साउन्ड सिस्टम,पाहुनाको स्वागत एवम कार्यक्रम तयारी लगायतका विभिन्न काममा स्थानिय संघ संस्थाको महत्वपूर्ण भुमिका हुनेछ।
कार्यक्रममा नेपालका साथै विभिन्न देशबाट महिला अभियन्ता, विज्ञ, गैर आवासीय नेपाली नेतृत्व तहका व्यक्तिहरु सम्मेलनमा सहभागि गराइ, महिलाका समस्यालाई केन्द्रिकृत गरेर अन्तर्राष्ट्रिय तहमा आवाज उठाउने, समाधानका लागि दबाब सिर्जना गर्ने, बिभिन्न तहमा महिला सहभागितालाई व्यापक बनाउने उद्देश्यका साथ एनआरनए अमेरिकाले सम्मेलन आयोजना गर्न लागेको एनआरएन एनसिसि युएसए का महिला उपाध्यक्ष दिक्क्षा बस्नेतले जानकारी दिनु भएको छ।
सम्मेलनमा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएनए अभियानमा महिला, घरेलु हिंसार अध्यागमनको समस्या, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिताको मुल्याँकन लगायतका विषयमा पनि चर्चा हुने बताईएको छ ।
यो सम्मेलनले केन्द्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा महिलाको भुमिका नेतृत्व तहमा हुने संभावनालाई उजागर गर्नुका साथै महिलाका समस्यालाई संस्थामार्फत केन्द्रिकृत गरेर अन्तर्राष्ट्रिय तहमा आवाज उठाउने, समाधानका लागि दबाब सिर्जना गर्न सम्मेलनको दस्तावेज सहयोगी बन्ने बताईएको छ।
एनआरएनए अमेरिकाको यो महिला सम्मेलनले महिलाको समस्या र समाधानलाई प्राथमिकिकरण गर्दै लिपिबद्ध गर्ने छ । यस्तै पहिलो राष्ट्रीय भेला २०२० को सेप्टेम्बर २६मा पनि भव्यताका साथ सम्पन्न भएको थियो।