रुप स्मृती एण्ड साथी कप क्रिकेट कप टुर्नामेन्टको फाईनल खेल हुने भएको छ । बाल्टिमोरको 12975 Hall Shop Rd, Highland, MD 20777 मा आजका दुबै खेल हुने आयोजक साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट नेपाली छोरोले बताए ।

फाईनल गेम दिउसो १:३० बजेबाट शुरु हुनेछ । त्यो भन्दा अगाडी बिहान सेमी फाईनल गेम भईरहेको साथी बाल्टिमोरका महासचिव विश्वकिरण थापाले जानकारी दिए ।

बाल्टिमोरको चर्चित सामाजिक संस्था साथी बाल्टिमोरले हरेक बर्ष गर्ने क्रिकेट प्रतियोगीता यो बर्ष एनआरएनए अमेरिकासंग मिलेर गर्दैछ ।
हिजोदेखि शुरु भएको टुर्नामेन्टको उद्घाटन एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले गरेका थिए ।
टुर्नामेन्टमा सहभागी हुन एनआरएनएका केही पदाधिकारीहरु अहिले बाल्टिमोरमा छन ।
