अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाले भवन खरिदका लागि एक लाख ६४ हजार दुई सय डलर उठेको जनाएको छ।
भवन खरीद गर्न बनेको अर्थ समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्तले उक्त जानकारी दिनुभएको हो ।
भवन खरीद प्रक्रिया शुरु भएपछि एनआरएनए अमेरिकाले बरिष्ठ उपाध्यक्ष पन्तको संयोजकत्वमा समिति गठन गरेको छ ।
एनआरएनए अमेरिकाले भर्जिनियाको (10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030) कार्यलयप्रयोजनका लागि भवन (कन्डोमिनियम) खरीद गर्दैछ।
भवनको कुल मूल्य दुई लाख ८८ हजार रहेको छ। जसमा कार्यालय प्रयोजनका तीन वटा कोठा र एउटा हल वे छ ।
भवन खरिद प्रक्रिया अक्टोबर ४ तारिकसम्म टुङ्गाउनु पर्ने सर्त रहेको छ।
“हामीले एक महिना मै भवन खरीदको काम सम्पन्न गर्नेछौं ।” अध्यक्ष वुद्धि सुवेदीले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।
“हामी यो महिना सम्ममा तोकिए अनुसारको रकम उठाउछौं।” संयोजक पन्तले भन्नुभयो ।
पन्तका अनुसार अहिले सम्म सबै भन्दा धेरै रकम एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धिसागर सुवेदीले दिनुभएको छ ।सुवेदीले बीस हजार पाँच सय डलर चन्दा दिनुभएको हो ।
यस्तै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसीका) महासचिव डाक्टर केशव पौडेल र एनआरएनएअमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक खगेन्द्र जिसीले बीस बीस हजार अमेरिकी डलर भवन खरीद गर्न चन्दादिनुभएको एनआरएनएले जनाएको छ।
बरिष्ठ उपाध्यक्ष पन्त आफैले १५ हजार एक सय डलर चन्दा दिने घोषणा गर्नुभएको छ । यस्तै उपाध्यक्ष द्वय दिलु पराजुलीर सुमन थापाले दश दश हजार दिने कवुल गरेको एनआरएनएले जनाएको छ।
कार्यसमितिका अरु पदाधिकारी र सामाजिक अभियन्ताहरुबाट उत्साहजनक रुपमा चन्दा उठेको अर्थ संयोजककृष्णजीवि पन्तको दावी छ ।