Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकाको नायग्रा फल्समा नेपाल फेष्टिवल हुदै

अमेरिकाको नायग्रा फल्समा नेपाल फेष्टिवल हुदै

नेप्लिज डायस्पोरा

३, आश्विन २०७९
images
अमेरिकाको नायग्रा फल्समा नेपाल फेष्टिवल हुदै

अमेरिका । हामी नेपाली ग्लोवलको आयोजनामा नयागरा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्था १०० डलरमा मिलाउने भएको छ ।

समाजले आज सेप्टेम्बर १४ मा डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेको छ ।

समाजका डाइरेक्टर अफ पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले आउने–जाने तथा १ रात २ दिनका लागि बस्ने खाने खर्च १०० डलरमा मिलाउने जानकारी दिएका हुन् ।

ED706FBC-0B78-4A68-A8D1-54615B87564A.jpeg

संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले फेस्टिबलको आयोजन ागर्न लागेको जानकारी दिए । उनले उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिक रुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गरिन लागिएको बताए ।

त्यस्तै फिप्नाका सभामुख सुवर्ण शाक्यले कार्यक्रम सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

सोहि कार्यक्रममा NEJA कार्यबाहक सभापति मच्छे गुरुङले नेपालमा पर्यटक भित्राउन तथा नेपाली उत्पादनलाई विश्वबजारमा प्रवद्र्धन गर्नुपर्ने दायित्व सबैको हो भन्दै आयोजक कमिटीलाई आवस्यक सहयोग गर्ने भन्दै फेस्टिवल सफलताको शुभकामना दिएका थिए ।

E72029C3-8C46-44F0-B339-6C69179FA80C.jpeg

त्यस्तै तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न प्रकारका संस्था रहे पनि सबै नेपाली एकजुट भएर नेपाल र नेपालीको हितमा लाग्नुपर्ने बताए । उनले हामी नेपाली ग्लोबल उदाहरणीय रुपमा अगाडि बढेको भन्दै अन्य संस्थाले पनि समाजसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा युनाइटेट किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउनु पर्यटनको प्रवद्र्धन मात्र नभएर त्यसमा आवद्ध धेरैले रोजगारी पाउने समेत बताइन् ।

 

images
प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - १७:४७:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend