Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

थ्री ईन्टरटेन्मेन्टको दशैं नाईटमा निमा रुम्बा र एड्रिन प्रधान प्रमुख आकर्षण

थ्री ईन्टरटेन्मेन्टको दशैं नाईटमा निमा रुम्बा र एड्रिन प्रधान प्रमुख आकर्षण

नेप्लिज डायस्पोरा

५, आश्विन २०७९
images
थ्री ईन्टरटेन्मेन्टको दशैं नाईटमा निमा रुम्बा र एड्रिन प्रधान प्रमुख आकर्षण

बाल्टिमोर, अमेरिका

अमेरिकाको भर्जिनियामा हुने दशैं महोत्सवमा नेपालका चर्चित कलाकारहरु निमा रुम्बा र एड्रिन प्रधान आउने भएको आयोजकले जनाएका छन । 

"कार्यक्रममा स्थानीय अरु कलाकार पनि हुनेछन । तर मुख्य आकर्षणका रुपमा निमा रुम्बा र एड्रिन प्रधानलाई प्रस्तुत गर्ने छौं ।" आयोजक संस्थाका एक सदस्य आशिष संग्रौलाले बताए ।

दशैंको ठिक अगाडि हुने यो महोत्सवमा  दशैका लागि आवश्यक सबै सपिंग र रमाईलो गर्न पाईने गरी व्यबस्थापन गरिएको अर्का सदस्य सुबोध रेग्मीले जानकारी दिए । 

"कार्यक्रम भव्य र सभ्य बनाउन हामी अति नै व्यस्त छौं । सबैको उपस्थितीको लागि अनुरोध पनि गर्दछौं ।" टाईटल स्पोन्सर समेत रहेका व्यवसायी र यो कार्यक्रमका आयोजक मध्येका एक सुरेश सापकोटाले भने । 

कार्यक्रममा हजारौं दर्शक आउने अनुमान गरिएको छ । 

 

 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०१:१८:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend