राजकुमार लामा,
काठमाडौँ, २२ कात्तिक ।
०६१ माघ १९ मा शाही घोषणा मार्फत तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अयोग्य ठहराई जसै तत्कालिन राजा ज्ञानेन्द्र शाहले जसै शासन सत्ता आफनो हातमा लिए । त्यो मौकाको ठूलो फाइदा बन्न पुग्यो अहिलेका राजनीतिक दलहरुलाई । ज्ञानेन्द्र शाहको यो कदमले
राजतन्त्र बिरोधी फरक फरक कित्ताका दलहरू लाई एकै ठाउमा उभिने माहोल तयार गर्यो ।
०६२/६३ को जनआन्दोलनमा पार्टीको निर्णय नआउँदै गणतन्त्रको मुद्दा अघि सारेपछि एकाएक चर्चामा आएका नेपाली राजनीतिकका चर्चित नाम हो नेपाली काँग्रेस(नेका) महामन्त्री गगन कुमार थापा ।
संसदमा राष्ट्रिय सरोकारका मुद्दाहरूमा हुने बहसमा देखीएको सक्रियता राजनीतिक प्रतिस्पर्धी दल नेपाल कम्युनिष्ट पार्टी एमाले सँगको सवाल जवाफमा खरो रूपमा उत्रने थापाको शैलीले उनको लोकप्रियताले गगन चुम्न थालेको थियो ।
आउँदो मसिर ४ गते हुने आमनिर्वाचनमा सारा नेपाली लोकतन्त्र प्रेमीहरुको नजर काठमाडौं क्षेत्र नं ४ मा केन्द्रीत छ ।
नेपालको लामो ईतिहास तथा लोकतान्त्रिक पद्दतीको लागी संर्घष गरेको पार्टी नेकाको तर्फबाट युवा नेता गगन कुमार थापा जन अनुमोदनको लागी जनताको घर दैलोमा छन ।
जनताको आवाज गुन्जीने सर्बभौम संसदमा जनमानसमा झिजेका, जनआवाज मुखरीत गर्न सक्ने, समुन्नत नेपाल सम्मानित नेपालीको परिकल्पना गर्न सक्ने,राष्ट्रीयता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अगाडी बढ्न सक्ने युवा नेता थापाको संसदमा उपस्थिति अपरिहार्य छ ।
समय मुल्यवान र बलवान छ, गगन कुमार थापा जस्ता युवा नेता संसदमा नहुने हो भने संसदको गरिमा र औचित्य रहने छैन। अघिल्लो संसदमा हामीले यस लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा छलफल हुने मुख्य थलो संसदलाई प्रहसन केन्द्र वा नाट्यशाला बनाउन खोज्दा शसक्त प्रतिकार गर्ने थापा। कवी, मनिषी, ऋषी र मुनीहरुको समय र परिस्थिती माथीको सुक्ष्म बिश्लेषण कालजयी हुन्छ ।
द्रष्टा कविवर भुपि शेरचनको अजर अमर बाणी यो हल्लै हल्लाको देश हो कवी ह्दयको अनुभव जन्य बाणी हिजो आज र भोली पनि नेपालको सन्दर्भमा सटीक रही रहनेछ । नेपालमा भ्रमको खेती गर्ने र राजनितिक बाताबरणलाई अन्यौल सिर्जना गर्ने मुठ्ठीभरका तत्वहरू कहिकतै सलबलाएको हुनसक्छ ।
यी यस्ता तत्व संग सजक रहनु पर्छ! स्थानिय चुनावमा बालेन हर्क जस्ता युवा स्वतन्त्र चुनाव लडेर जनअनुमोदीत भए, जनताले उनीहरुलाई स्थानीय निकायको नेतृत्व सम्हालने जिम्मा लगाए । हर्क र बालेनले बिश्वसनिय कार्ययोजना र ईमानदारीता माथीको भरोसाले जनअनुमोदीत भए अब केही छदम व्यक्तीहरु चर्को आवज निकाल्दैछन् हर्क र बालेन बन्न खोज्दैछन् ।
हामी प्रष्ट हुनु जरुरी छ सबै स्वतन्त्र हर्क र बालेन बराबरका ईमानदार हुन सक्दैनन् सबै हर्क र बालेनहरु जस्ता युवाहरु स्वतन्त्र नहुन पनी सक्छन् । पृथ्वी नारायण शाह र बहादुर शाह पछी शाह वंशमा दुरदर्शी राजाको उदय नहुदा राजतन्त्र ईतिहासमा सिमित भयो ।
कोही मालीक कोही दास हुने होईन सबै जनसमान हुनु पर्छ, शासन सत्ता जनताको हातमा हुनु पर्छ र जनताको छोराले नै राज्य सञ्चालन गर्नु पर्छ यो वि.पी. को विचारको मुल मर्म थियो ।
मैले जे बोले त्यही बुद्ध वाणी हो,म सत्तामा रहदा जे गर्छु त्यही राम राज्य हो ,मैले सपनामा जे देख्छु त्यही हो!राम जन्म भुमी भन्ने प्रवृती बढी रहेको छ । जनताको सार्वभौम संसदको प्रयोग आफु खुसी गर्ने नपाए संसद पटक पटक बिघटन गर्ने राजनितिक त्रास देखाउने, अवैज्ञानिक अव्यवहारीक सोचलाई विज्ञान भनेर ताली ठोक्न लगाउने प्रवृती पनि बढी रहेकोछ ।
ईमान्दारहरुको खोइरो खन्ने भ्रष्टहरुको संरक्षण गर्ने प्रवृती मौलाउदैछ । यस्तो अवस्थामा गगन, विश्व प्रकाश, विश्वनाथ, स्वर्णीम, धनराज,प्रदिप,रामहरि,बद्री,गुरूराज जस्ता ईमान्दार र योग्य युबा नेताहरुको खाचो सबै पार्टीहरुमा छ ।
यी युवाहरुले नेतृत्वलाई खबरदारी र सचेत गर्न सक्छन्, नेतृत्वलाई उखालेर फल्न सक्छन्, राष्टिय सबालमा पार्टी भन्दा माथी उठन् सक्छन्, जनताको जिवन स्तर उठाएर समुन्नत नेपाल सम्मानित नेपाली बनाउन निति र थिति बसाल्लन सक्छन्। ईमान्दारहरुको नेतृत्व ईमान्दारले नै लिनु पर्छ यसको लागी थापा जस्ता व्यक्तीको देशलाई पछि सम्म खाँचो रहन्छ । आज देशले युवा प्रधानमन्त्री खोजेको छ, ईमान्दार कामकाजी युवा खोजी रहेको छ ।
मन वचन र कर्ममा इमान्दारीता छ भने धेरै काम गर्न सकिन्छ भन्ने थापाले छोटो समयमा स्वस्थ्य मन्त्रालयमा रहदा आफनो क्षमता देखाई सकेका छन् ।
स्वस्थ्य बिमा, जिल्ला अस्पताल, नगर अस्पतालहरूमा आÞधुनिकिरण,एक वडा एक स्वास्थ्य चौकी,घातक रोगको निशुल्क उपचार बिेदेशमा उपचार गर्ने क्रममा राज्यले दिने आर्थिक सहयोग कानुन बनाएर रोक्ने काम जस्ता फरक योजना शुरु गरेर जनमानसमा अमिट छाप छोडेका छन्
।
गलत र हावादारी नेतृत्व हुदाँ स्वास्थ मन्त्रालयमा ओम्नी प्रकरण जस्ता अनगिन्ती प्रकरण भए तर स्वघोषीत वैज्ञानीकहरुले उट्पट्याङ कुरा गरेर जनताको ध्यान अन्तै मोडी रहे । आखीर यस्तो बेला गगन मात्र थियो संसद र बालकोटको बार्दलीका महराजा र अन्धभक्तहरुका बा लाई चुनौती दिने युबा नेता थापा ।
यो देशमा गगनको खाचो छ यसको लागी सारा देशको ध्यान काठमाडौं क्षेत्र .नं ४ मा केन्द्रित छ। काठमाडौं क्षेत्र नं ४ का न्यायप्रेमी जनता अन्याय सहदैनन त्यसैले बालेन जस्ताको उदय हुन्छ काठमाडौंमा थापा जस्ता होनहार युवालाई काठमाडौंबासीले बहुमतले निर्बाचित गर्नेछन । देश भर गुञ्जीरहेको एउटै आवाज गगन—गगन—गगनको आवाज काठमाडौं क्षेत्र नं ४ मा अझ बढी गुञ्जीनेछ ।
देशका कुना कन्तराको आवाज काठमाडौंले सुन्नेछ र काठमाडौं आवाज देशका कुना कुनामा गुञ्जनेछ । देशले लोकतन्त्रको संस्थागत विकास गर्दै अगाडी बढने छ, असली राष्ट्रीयताको आवाज बुलन्द हुनेछ । समन्नुत नेपाल सम्मानित नेपाली बनाउने सपनाको लागी काठमाडौं क्षेत्र नं ४ बाट गगन थापा अत्याधिक मतले विजयी हुनेछन् ।
नेपाली काग्रेश एकढिक्क भएर युबा नेता गगन कुमार थापालाई प्रधानमन्त्री बन्न साथ र समर्थन गरी यो मुलुकलाई थप गुन लगाइदिएर मरोन्तपरान्त पछि सम्म पनि सम्झना लायक बनाउने निर्णयको आमजनताहरू प्रतिक्षा गरिरहेको छ!
युबा नेता गगनको क्रेजलाई क्यास गर्न नेपाली काग्रेशले औपचारिक रूपमा निर्णयगरी युबा नेता गगन थापालाई प्रधानमन्त्री को रूपमा प्रस्तुत गर्न अब ढिला नगरौ ।