अमेरिकाको मेरिल्याण्डमा नेपाली मूलका युवा ह्यारी भण्डारी दोस्रो पटक स्टेट डेलिगेट निर्वाचित बनेका छन् । उनी भारी मतका साथ विजयी भएका हुन् ।
आज सम्पन्न निर्वाचनमा भण्डारी विजय भएका हुन् । भण्डारी मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट स्टेट डेलिगेट निर्वाचित भएका हुन । उनीसंगै उनको पार्टीका कार्ल ज्याक्सन र निक एलेन पनि निर्वाचित भए ।
उनीहरुको विजय संगै नेपालीहरुले खुशी मनाएका छन ।
मेरिल्याण्ड राज्यका अधिकांश पदमा डेमोक्र्याटका उमेद्वारहरु विजयी भएका छन ।
मेरिल्याण्डको गभर्नरमा डेमोक्रेटिक पार्टीका वेश मोर र लुटिनेन्ट जनरलमा अरुणा मिलर निर्वाचित भएका छन् । अरुणा भारतीय मूलकी हुन् । उनीहरु पहिलो पटक निर्वाचित भएका हुन् । यसअघि मेरिल्याण्डमा दुईपटकसम्म रिपब्लिकन पार्टीका ल्यारी होगनले जितेका थिए ।
त्यस्तै बाल्टिमोर काउण्टि एक्जुकेटिभमा जोनी ओज्वेश्की जुनियर निर्वाचित भएका छन् । उनी पनि डेमोक्रेटिक पार्टीका हुन् । यो उनको दोस्रो कार्यकाल हो ।