Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ग्रेटर क्वाट सिटिहरु आयोवा र ईलेनोईजका २४ जना समता सेनेटरहरू सुशोभित

ग्रेटर क्वाट सिटिहरु आयोवा र ईलेनोईजका २४ जना समता सेनेटरहरू सुशोभित

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७९
images
ग्रेटर क्वाट सिटिहरु आयोवा र ईलेनोईजका २४ जना समता सेनेटरहरू सुशोभित

अमेरिका ,नोभेम्वर ९- आयोवा राज्यको क्वाड शहरले  फेरि अर्को धमका मच्चाएको छ। समता ग्लोवल सिनेट मार्फत समता  स्कुललाइ सहयोगार्थ राखिएको  meet and greet कार्यक्रम मार्फत १७ जना समता सेनेट बन्नु भएको छ । उक्त कार्यक्रम आयोवाका स्थानीय समाजसेवी राधेस पंडितको निवासमा संपन्न भएको थियो ।

समता स्कुलको सामान्य जानकारी पछि १ घन्टा भित्रै  सहभागी मध्ये १७ जना “समता सेनेटर” बनेका  थिए भने नोभम्बर ६ गते शिकागोको कार्यक्रममा थप ७ जना सहित २४ जना समता सेनेटर बन्न सफल भएका छन् । ७०/७५ परिवार बसोबास गर्ने उक्त क्वाड सिटिबाट  पनि १७ जना सेनेटर बन्नु राम्रो उपस्थिति मानिएको छ ।

822D95DF-241A-4F04-B795-F87ABFC0B25F.jpeg
तस्वीर:आयोजकबाट

  यस्तै उक्त सदस्य मध्य एक परिवारले ५ वर्ष भित्रमा १०,००० डलर, अर्को परिवारले आजीवन सदस्यका रुपमा प्रत्येक  वर्ष १००० डलर र अर्को एक परिवारले आजीवन महिनाको १०० डलरका दरले यो स्कुललाई सहयोग गर्ने वाचा पनि सोहि Meet & Greet कार्यक्रममा भएको गरिएको छ।

सोहि विध्यालयको सहयोगार्थ हालै अमेरिकाको भ्रमणमा रहनुभएका स्कुलका संरक्षकद्वय मह जोडी , स्कुल संस्थापक उत्तम संजेल , समता ग्लोबल सिनेटका परिकल्पनाकार डा उत्तम गौली, आचार्य पत्नि रमिला आचार्य सहितको टोलिलाई  क्वाड सिटिजमा पारिवारिक माहोलमा स्वागत गरिएको  संस्थाका संस्थापक सदस्य किरण बस्नेतले जानकारी दिनु भएको छ ।


उत्तम संजेलले सन् २००१ मा स्थापना गर्नु भएको समता स्कुलमा रु १०० प्रति महिनामा नर्सरी देखी मास्टर्स सम्म पढ्ने व्यवस्था छ । नेपाल र अन्य देशमा गरि हाल करिब ६० हजार विद्यार्थीले यो सुविधा पाएका छन्।

A58B580A-884A-482B-B21F-C7E9EFB94AF2.jpeg


आज भन्दा पहिले पनि मातृभूमिलाई आवश्यक पर्दा यस क्वाड समाजले यस्तै खालका सहयोगहरु जुटाउंदै आएको छ। यस समाजले २०१५ सालको भूकम्पमा औषधि सहित १ लाख डलर, २०२१ मा महावीर पुनको आविष्कार केन्द्रलाई १६ हज्जार डलर र २०२२मा डा भगवान कोइरालाको नेतृत्वमा बन्न गइरहेको बाल अस्पतालको लागि १५ हज्जार डलर दिई सकेकोछ । अन्य सानातिना सहयोग पनि यस समाजले गर्दै आएको छ।


तपाइहरू पनि आजै समता सेनेटर बन्नु होस र नेपालको शिक्षा क्षेत्रलाइ सहयोग गर्नुहोस् । समता सेनेटर बन्न  $१००० डलर सहयोग गर्नु पर्छ भने सामान्य फर्म भर्नु पर्ने हुन्छ भने त्यसका लागि “
Samata global senate.org” मा दानु पर्ने हुनछ । 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २३:४५:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend