Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली दुताबासको क्यालिफोर्नियामा चलेको घुम्ती सेवा नोभेम्बर ३० मा पनि हुने

नेपाली दुताबासको क्यालिफोर्नियामा चलेको घुम्ती सेवा नोभेम्बर ३० मा पनि हुने

नेप्लिज डायस्पोरा

१४, मंसिर २०७९
images
नेपाली दुताबासको क्यालिफोर्नियामा चलेको घुम्ती सेवा नोभेम्बर ३० मा पनि हुने

नेपाली दुताबासको क्यालिफोर्नियामा चलेको घुम्ती सेवा नोभेम्बर ३० मा पनि हुने भएको छ । 

नोभेम्बर २७ देखी २९ सम्म भनिएको कन्सुलर सेवा एक दिन थपिएको अवैतनिक महाबाणिज्य दूत ऋषि ढकालले फेसबुक मार्फत जानकारी गराएका छन् । 

E68B0FDF-1DB9-4B1A-94D0-AC58D8E210C8.jpeg
ढकालको फेसबुक स्टाटस

 

यस्तै एनआरएनए अमेरिकाको क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माले पनि सेवा एकदिन थपिएको जानकारी दिएका छन ।

  एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माद्वारा जारी सूचना यस प्रकार छ ।

 सूचना : थाहा पाईन नभन्नुहोला है !
आज दोश्रो दिन : अर्को एक दिन थप गरिएको खुशीको खबर !
सान फ्रान्सिस्कोमा नेपाली राजदूतावासको " घुम्ति कन्सुलर सेवा शिविर" सञ्चालन जारी >> नोभेम्बर २७, २८, २९र ३० गरी चार सम्म सञ्चालन हुने ।

Address: कन्सुलर सेवा शिविर हुने स्थान
HOTEL SONESTA Emeryville - San Francisco Bay Bridge
5555 Shellmound Street Emeryville, CA, US 94608

NRNA NCC USA California Chapter, अवैतनिक महावाणिज्यदूताबास क्यालिफोर्निया र Nepali Association of Northern California-NANC (Nanc CA) को सहकार्य तथा नर्दन क्यालिफोर्नियामा सकृय सम्पूर्ण सामाजिक संघ संस्थाहरुको सहयोग र संलग्नतामा नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. Embassy of Nepal, USA द्वारा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को क्षेत्रलाई लक्षित गरी यही नोभेम्बर २७, २८ र २९ गरी तीन दिनको " घुम्ति कन्सुलर सेवा शिविर" कार्यक्रम सञ्चालन हुन गैरहेकोमा सेवाग्राहीहरुको मागलाई ध्यानमा राखी शिविरको अवधि अर्को एक दिन थप गरि नोभेम्बर ३० सम्म सम्म सञ्चालन हुने भएको छ।

राजदूतावासको यसअघिको सूचना अनुसार राहदानी नविकरणको लागि अनलाईन फाराम भरी दुतावासको इमेलमा १५ नोभेम्बरभित्र फाराम भेरिफिकेसनको लागि पठाउन छुट भएका सेवाग्राहीहरुका लागि थप ६४ जनालाई मात्रा ई-पासपोर्ट सेवा प्रदान गर्न सकिने भन्ने शिबिरमा खटिनुभएका राजदूतावासका कर्मचारीहरुको भनाई रहेकोले अर्को एक दिन थप नोभेम्बर ३० को लागि Appointment लिन पहिले संपर्क गर्नेलाई पहिले सेवा प्रदान गर्ने ( First Come, First Serve ) गरी एपोईमेण्ट दिने ब्यवस्था भएकोले यथाशिघ्र आफ्नो विवरण NRNA USA California Chapter एन.आर.एन. ए. क्यालिफोर्निया को ईमेल [email protected] वा Nanc CA न्यान्स को ईमेल [email protected] मा आफ्नो नाम, फोन नम्बर र ईमेल पठाउनुहोला । प्राप्त ईमेल का आधारमा आबेदनको लागि नयाँ लिङ्क उपलब्ध गराईने ब्यहोरा यसै सूचना द्वारा जानकारीको लागि अनुरोध गरिएको छ ।

साथै क्यालिफोर्नियका लागि अवैतनिक महावाणिज्यदूत Honorary Consul General श्री ऋषि ढकाल Rishi P Dhakal लाई फोन नम्बर 6263202437 मा सम्पर्क सकिने ब्यहोरा ईच्छुक सेवाग्राहीहरुलाई हार्दिक अनुरोध गरिन्छ।

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

क)विद्युतीय राहदानी (e-Passport) - Verified & Appointment Only
राहदानी नविकरण (२०२३ नोभेम्बर सम्म बहालअवधि रहेका सेवाग्राहीहरुले आफ्नो राहदानी नविकरण गर्न सक्ने)

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

ग) अधिकृत वारेसनामा (Power of Attorney)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://us.nepalembassy.gov.np
को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्न सकिनेछ।

पुनश्च:
कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सहयोग गर्न तमतयार स्वयमसेवकहरु, सम्पूर्ण स्थानिय बासिन्दाहरु, सहभागी संघ संस्थाहरु, र नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. को "घुम्ति कन्सुलर सेवा शिबिर" टोलीलाई हर तरहले सहयोग गरिदिनुहुन यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद !

एकदेव शर्मा
अध्यक्ष
क्यालिफोर्निया च्याप्टर
गैर आबासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, अमेरिका

 

B87199E8-CECC-4F81-AF2F-80382C24A00B.jpeg

 

95B3A2D4-F68A-438D-9EFE-1C08C2D8AC4D.jpeg
सूचना २

 

images
प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - ०६:३७:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend