बाल्टिमोर, मेरिल्याण्ड
मेरिल्याण्डका गभर्नर ल्यारी होगनले २०२४ मा राष्ट्रपतीमा उठ्ने सक्ने संकेत गरेका छन् ।
दुई कार्यकाल पुरा गरेर बिदाई हुनै लागेका गभर्नर होगनले आफ्नै सरकारी निवास एन्नापोलिसमा पत्रकारहरुलाई यस्तोसंकेत गरेका हुन् ।
तपाई आगामी निर्वाचनमा राष्ट्रपतीमा उठ्ने हो? भनेर सोधिएको प्रश्नमा होगनले भने, “मैले त्यसो भनेको छैन । तर म जहांजांदापनि जनताहरुले अब तपाई उठ्नु पर्छ भनेका छन् ।”
डेमोक्र्याटहरुको संख्या धेरै रहेको मेरिल्याण्ड राज्यमा रिपब्लिकन पार्टीका होगनले दुई पटक गभर्नर पदमा चुनाव जितेकाथिए। यहां उनको एप्रुभल रेट ७० प्रतिशत छ ।
होगनले पत्रकारहरुसंगको भेटमा डोनाल्ड ट्रम्पका कारण रिपब्लिकन पार्टीलाई जनताले छोडिदै गएको पनि बताएका छन्।
नोभेम्बरमा भएको गभर्नर निर्वाचनमा होगनले आफ्नै पार्टीका उमेद्वार डन कक्सलाई सहयोग नगरेको आरोप लाग्दै आएकोछ । यहां डेमोक्रेटिक पार्टीका वेस मोर गभर्नर निर्वाचित भएका छन र नोभेम्बर १८ बाट कार्यकाल शुरु गर्दैछन । होगनलेमोरको परिवारलाई स्वागत गर्ने योजना सार्बजनिक गरिसकेको छ ।