Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर स्वागत, शुभकामना!

अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर स्वागत, शुभकामना!

नेप्लिज डायस्पोरा

१७, पौष २०७९
images
अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर स्वागत, शुभकामना!

अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई न्‍युजिल्‍याण्ड र अस्ट्रेलिया लगायत विश्‍वभर भव्‍य रुपमा स्वागत गरिएको छ।आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ ।नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।

नेप्लिज डायस्पोराका पाठक, विज्ञापनदाता र सहयोगी सबैलाई नयां बर्ष २०२३ को शुभकामना! 

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - ०६:४९:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend