Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने

नेप्लिज डायस्पोरा

२४, पौष २०७९
images
गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने

बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजलेकाठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो।

रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो।यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ।

‘डेमो फ्लाइट’का लागि क्यान र तारा एयरलाइन्सबिच रेसुंगा नगरपालिकाको तर्फबाट सम्झौता भएको नगरप्रमुखखिलध्वज पन्थीले जानकारी दिए। विमानस्थलमा आवश्यक सुरक्षा व्यवस्था, विमानस्थलसम्म पुग्ने सडक लगायतकोतयारी पूरा भएको उनले बताए।

आइतवार बिहान ११ बजे तारा एयरको जहाज रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ। उक्त जहाज काठमाडौंबाट गुल्मीआइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ।

विस्तृत समाचारको लागि पहिलोपोष्टको तलको लिंक खोल्नुहोस ।

https://pahilopost.com/content/20230108073852.html

 

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०८:१७:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend