Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गगन थापा फेब्रुअरी अन्तिममा अमेरिका आउने

गगन थापा फेब्रुअरी अन्तिममा अमेरिका आउने

नेप्लिज डायस्पोरा

१०, माघ २०७९
images
गगन थापा फेब्रुअरी अन्तिममा अमेरिका आउने

 

बाल्टिमोर,अमेरिका /

नेपाली कांग्रेसका महामन्त्री गगन थापा फेब्रुअरी अन्तिम साता अमेरिका आउने भएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आयोजनामा हुन् लागेको ‘तेस्रो युवा सम्मेलन’ मा प्रमुख अतिथिको रुपमा सहभागि हुन थापा अमेरिका आउन लागेका हुन्।

एनआरएनए अमेरिकाको युवा विभागले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका युथ संयोजक त्रिभुवन पाण्डेले प्रमुख अतिथिका रुपमा  सांसद गगन थापाको सहभागिता पक्का भएको बताए।

आयोजकका अनुसार तेस्रो युवा सम्मेलन फेब्रुअरी २५ तारिक क्यालिफोर्नियाको युसी बर्कलेमा रहेको ‘क्यालिफोर्निया विश्वविद्यालय’ मा हुने छ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०२:२६:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend