Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा यूवा समाजसेवी रोशन अधिकारी सर्वसम्मत

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा यूवा समाजसेवी रोशन अधिकारी सर्वसम्मत

नेप्लिज डायस्पोरा

१०, माघ २०७९
images
नेपाल अमेरिका एकता समाजको अध्यक्षमा यूवा समाजसेवी रोशन अधिकारी सर्वसम्मत

२२ जनवरी,लसएन्जल्स/अमेरिका


दक्षिण क्यालिफोर्नियामा सक्रिय सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजले आठौ अध्यक्षका रुपमा संस्थाका आजीवन सदस्य रोशन अधिकारीलाई पाएको छ ।


लसएन्जल्सलाई कर्म थलो बनाएर विगत १४ वर्ष देखि नेपाली समुदायका माझ क्रियाशील यो संस्थाको गत आईतबार श्रीपशुपतिनाथ फाउन्डेसन्को सभाहलमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष अधिकारीको नेतृत्व अनुमोदन गरेको हो ।

संस्थाको विधान वमोजिम गत नोभेम्बरमा गर्नु पर्ने साधारण सभा केहि ढिलो गरि भए पनि सम्पन्न गर्न यस अघिको कार्यसमितिले संस्थाका आजीवन सदस्य अग्नि चौलागाईको नेतृत्वमा चन्द्र शिवाकोटी तथा डिल्ली थापा सहितको तिन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

 

१३ सदस्यि कार्यसमितिमा आठ जनाले मात्र निर्वाचन समितिलाई विभिन्न पदमा उम्मेदवारी दिनु भएको र कुनै पदमा पनिदोहोरो उम्मेदवारी नपरेकोले आठै जना निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक अग्नि चौलागाईले साधारण सभामा गर्नु भएको थियो ।


निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा अर्जुन पौडेल- उपाध्यक्ष, शम्सेर भण्डारी – महासचिव, शिव शिवाकोटी-सचिव, तथा सदस्यहरुमा बबिन थापा , नवराज मुडभरि , विदुर खड्का , मणिराम न्यौपाने र छत्र बाहदुर छेत्री हुनुहुन्छ ।

8460C474-48F0-46FE-98C0-0FBD33C313C8-768x576.jpeg

संस्थाको प्रमुख पदहरु मध्ये वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा अन्य सदस्यहरुको पद हाललाई खाली रहेको जानकारी पनि निर्वाचन समितिले दिएको छ ।
साधारण सभामा महिला सहभागिता सहित नयां कार्यसमितिलाई छिट्टै पूर्णता दिने जानकारी संस्थाकी पुर्व अध्यक्ष शारदा श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा राख्नुभएको छ।


संस्थाका सस्थापक तथा निवर्तमान अध्यक्ष स्वर्गीय प्रकाश घिमिरेको क्यान्सर रोगबाट असामयिक निधन भए पछि कार्यवाहक अध्यक्षका रुपमा संस्थालाई नेतृत्व दिनु भएका कार्यवाहक अध्यक्ष नविन कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले गत वर्षहरुमा भएका असामयिक निधन प्रति शोक ब्यक्त गर्दै संस्थाका निवर्तमान अध्यक्ष प्रकाश घिमिरे सहित समुदाय सदस्य दिपक पाठक र सुर्य भण्डारी प्रति एक मिनेट मौन धारण सहित आत्माको चिर शान्तिको कामना गरेको थियो ।

सभामा संस्थाको प्रगति तथा आम्दानी खर्चको विवरण प्रस्तुत गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई कार्यबाहक अध्यक्ष नबिन कुमार पोखरेल लगायत पुर्व अध्यक्षहरु शारदा श्रेष्ठ, सुर्य प्रसाई, चन्द्र शिवाकोटी ,संस्थाका आजीवनउ पस्थित सदस्यहरु तथा श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष रामेश्वर भण्डारीले सफल नेतृत्व र कार्यकालको लागि शुभकामना दिनु भएको थियो ।

1C4B7A14-8DFF-4FF6-BCAC-5A68E8672B05-768x502.jpeg

यस अघि संस्थाका पुर्व अध्यक्ष उमा कार्की थापा,संस्थापक अध्यक्ष शान्तिराम ढकाल लगायत वाणिज्य दुत ऋषि ढकालले साधारण सभा सफलता र आउने नेतृत्वलाई कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको सन्देशसभामा सुनाइएको थियो ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०६:५७:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend