श्रीपन्चमीको अवसर पारेर बाल्टिमोरमा नेपाली भाषा कक्षा शुरु भएको छ । आज पहिलो दिन साना बच्चाहरुले बोर्डमा अंक अक्षर लेखेर कक्षाको शुरु गरिएको हो ।
मेरिल्याण्ड बाल्टिमोरको हिन्दु वुद्ध मन्दिरमा एक पूजा समारोह गरेर कक्षा शुरु गरिएको हो ।

आज दिनभरी नै अभिभावकहरुले मन्दिरमा आफ्ना बच्चा ल्याएर सरस्वतीको पूजा समेत गरेका थिए ।
सरस्वती पूजा विहानै पण्डित कमलनाथ सापकोटाबाट भएको थियो । सोही अवसरमा बालबालिकाहरुलाई नेपाली पुस्तक र सरस्वती माताको तस्वीर बितरण पनि गरिएको थियो ।
बच्चाहरुले पढ्ने पुस्तक एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्तले प्रदान गर्नुभएको हो ।
