Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना जारी

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना जारी

नेप्लिज डायस्पोरा

२०, माघ २०७९
images
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना जारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना :
संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने हुँदा देहाय बमोजिम पुस्तक पठाउन हार्दिक आह्वान गरिन्छ ।
पुस्तकका लागि मुख्य आधारहरू
१. पुस्तकहरू नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
२. पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको हुनुपर्नेछ ।
३. पुस्तक मूल पाठ कम्तीमा ६४ पृष्ठको हुनुपर्नेछ ।
४. पुस्तक सन् २०२१ जनवरी १ देखि सन् २०२२ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनुपर्नेछ । मुद्रणको मिति विक्रम संवतमा लेखिएको भए ईस्वी सनमा बदल्दा माथिको मितिसित मेल खानुपर्नेछ । महिना र गतेको सीमा प्रस्ट हुनका लागि पुस्तकबारे स्थानीय अखबारमा सार्वजनिक भएको समाचारलाई आधार मानिनेछ ।
५. पुस्तक पठाउँदा पुस्तक सन् मार्च ३१, २०२३ सम्ममा तलको ठेगानामा आइपुग्नुपर्नेछ । यसरी दर्ता गरेको जानकारी [email protected] र वा[email protected] इमेलमा जानकारी गराउनु हुन अनुरोध छ ।
६. एकैजना लेखकले माथिका शर्त पूरा भएका जतिवटा कृति पनि दर्ता गराउन सक्नेछन् । प्रत्येक कृतिका ४ प्रतिका दरले पुस्तकहरू दर्ता गराउनु हुन अनुरोध छ ।
७. लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम पूरा भरेर अनिवार्य रूपमा गराउनु हुन अनुरोध छ ।
८. नेपालमा मदन पुरस्कार प्राप्त गरेका पुस्तकहरू अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि दर्ता गरिनेछैन ।
९. अनेसासका बहालवाला केन्द्रीय पदाधिकारी, बोर्ड अफ ट्रस्टीजका कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरू, पुरस्कार समितिका पदाधिकारी र उनीहरूका छोराछोरी, श्रीमान्/श्रीमतीले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गराउन पाउने छैनन् । छद्म नाममा माथिका व्यक्तिहरूको पुस्तक दर्ता भएको थाहा भएमा, उजुरी परेमा वा खुलासा भएमा पुरस्कृत भइसकेको अवस्थामा पनि पुरस्कार समितिले पुरस्कारलाई रद्द गर्नेछ ।
१०. बाललेखकहरूको पुस्तक दर्ता गर्दा बाललेखकलाई अभिभावकहरूले सहयोग गरिदिनुपर्नेछ, सम्पर्कको माध्यम अभिभावक बनिदिनुपर्नेछ ।
११. सबैभन्दा बढी राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरिसकेका लेखकले कुनै पनि विधामा प्रतिस्पर्धाका लागि पुस्तक दर्ता गर्न पाइनेछैन ।
१२. कुनै विधामा एकपटक पुरस्कार प्राप्त गरिसकेका स्रष्टालाई सोही विधामा पुनः प्रतिस्पर्धामा समावेश गरिनेछैन ।
१३. कसैको पूर्वप्रकाशित कृतिको नक्कल भएको वा सन् २०२१ को जनवरी १ अघि प्रकाशन भइसकेको पुस्तकको मिति सच्याएर दर्ता गरेको पाइएमा, उजुरी परेमा वा खुलासा भएमा पुरस्कृत भइसकेको अवस्था भए पनि पुरस्कार अस्वीकृत गरिनेछ ।
उपर्युक्त आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्नेछ । मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२३ जुलाई महिनामा भानुजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटा जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिनेछ ।
अनेसास नेपाल च्याप्टरको कार्यालय :
सन्ध्या पहाडी
अध्यक्ष, अनेसास नेपाल च्याप्टर
काठमाडौँ, फोन नं. ९८४१८०३७१५
संयुक्त राज्य अमेरिकामा ठेगाना :
C/O Tirtha Pandey
6433 Abel Street
Elkridge MD 21075
अथवा
1727 Horner Road
Woodbridge, VA 22191
सधन्यवाद,
भवदीय,
तीर्थ पाण्डेय
संयोजक, पुरस्कार समिति
*******************************
लेखकको परिचय
लेखकको नामथर :
साहित्यिक नाम भएमा :
जन्मस्थान (पूरा ठेगाना) :
जन्ममिति :
हालको पूरा ठेगाना :
सम्पर्क इमेल :
सम्पर्क फोन :
प्रकाशित कृतिको नाम र सालः
पुरस्कारका लागि प्रेषित कृतिको नामः
प्रेषित कृतिको विधा :
पृष्ठ संख्या (आवरणसहित) :
प्रकाशित भएको साल र महिना (अंग्रेजी साल र महिना):
यसअघि कुनै पुरस्कार पाएको भए पुरस्कारको नामः

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ००:२०:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend