Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक विविध निर्णयसहित सम्पन्न

प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक विविध निर्णयसहित सम्पन्न

नेप्लिज डायस्पोरा

२१, माघ २०७९
images
प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक विविध निर्णयसहित सम्पन्न


अमेरिकामा क्रियाशील अग्रणी सामाजीक संस्थाहरु मध्यको एक प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक सँस्थाका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेर विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको जनाकारी गराउन पाउँदा खुसि लागेको छ ।

उक्त बैठकले सँस्थाको वार्षिक कार्ययोजना निर्माण गर्नुको अलावा सँस्थालाइ आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना पनि निर्माण गरेको छ ।

साथै बैठकले सँस्थाका पदाधिकारीहरु देखि सदस्यहरुको कार्यविभाजन गर्नुको साथै केहि महत्वपूर्ण व्यक्तित्वहरुलाइ महत्वपूर्ण जिम्मेवारी पनि सुम्पिएको छ।

त्यस क्रममा क्षेत्रिय इन्चार्जहरुमा उपाध्यक्षहरुलाइ जिम्मा दिइएको छ जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल, मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टँक कुँवरले जिम्मा पाउनु भएको छ ।

त्यसै गरेर सल्लाहाकार परिषद, अध्यक्षमा डा. भरत रावल बुद्दिजिबी परिषद, अध्यक्षमा डा. राम चन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाइ जिम्मेवारी दिइएको छ ।

त्यस लगायत संस्थाका पदाधिकारीहरुलाइ पनि विभिन्न जिम्मेवारीहरु प्रदान गरिएको छ भने सँस्थाको स्थापनादेखि हालसम्म वहाँले खेल्नु भएको भूमिकाको सम्मान गर्दै र वहाँको महत्वलाइ मनन गर्दै टेक्सास निवासी चन्द्र पाण्डेज्युलाइ संस्थाको केन्द्रिय कमिटिमा मनोनित पनि गरिएको छ ।

सँस्थाका निर्णय बमोजिमका कार्यक्रमहरुको बारेमा हामि कार्यक्रमकै विषयमा केन्द्रित छुट्टै जानकारी गराउने महासचिव युवराज खनाल बताएका छन ।

 

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - २०:३३:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend