Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ट्याक्स सिजन २०२३ सम्बन्धि जानकारी

ट्याक्स सिजन २०२३ सम्बन्धि जानकारी

नेप्लिज डायस्पोरा

२२, माघ २०७९
images
ट्याक्स सिजन २०२३ सम्बन्धि जानकारी

 

जितेन्द्र राणा

ट्याक्स प्रोफेशनल, सिकागो, अमेरिका

 

यहाँहरु सबैलाई यस बर्षको ट्याक्स सिजन २०२३ गत जनवरी२३, सोमबार बाट आधिकारिक रुपमा सुरु भयको जानकारी गराउन चाहन्छौं र यस बर्षको ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल१८, मंगलबार सम्म रहेको आइआरयसले प्रकाशित गरेको सुचनामा उल्लेख छ।

प्रिय करदाताहरू, यो समय फेरि तपाईंहरुको २०२२ को कागजातहरू सङ्कलन गर्ने र ट्याक्स रिटर्न २०२२ फाइल गर्नतयार हुने समय हो।

संयुक्त राज्य अमेरिकामा कर सिजन सामान्यतया जनवरीमा सुरुहुन्छ र अप्रिल १५, २०२३ सम्म रहन्छ। यो डेडलाइन करदाताहरुले अघिल्लो वर्षको लागि आफ्नो संघीय आयकर फाइल गर्ने अन्तिममिति हो।

करदाताहरुले ट्याक्स फाइल गर्न ६ महिना समयविस्तार गर्न अनुरोध गर्न सक्छन्, तर यसले कुनै पनि कर तिर्ने समय विस्तार गर्दैन।

थप जानकारीको लागि आन्तरिक राजस्वसेवा (IRS) वा कर व्यवसायीसँग परामर्श गर्न रhttps://www.irs.gov/ मा गई नवीनतम कर, कानून र नियमहरूको पालना गर्न सिफारिस गरिन्छ।

कर कुनै पनि सरकारको आम्दानीको प्रमुख स्रोत हो, र अमेरिकामा कसैले पनि आफ्नो जीवनभर कर छल्न सक्दैन। यहाँ धेरै प्रकारका करहरू छन्: आयकर, बिक्री कर, सम्पत्ति कर, अन्तःशुल्क कर, उपभोग कर, सम्पत्ति कर, प्रयोग कर र यस्तै यस्तै।

विकिपिडियाले लेख्छ, “कर (ल्याटिन शब्द 'ट्याक्सो' बाट आएको) एक अनिवार्यवित्तीय शुल्क वा कुनै अन्य प्रकारको शुल्क हो जुन करदाता (एकव्यक्ति वा अन्य कानूनी संस्था) ले स्थानीय तथा संघिय सरकारकोविभिन्न सार्वजनिक खर्चहरू संचालन गर्नको लागि आफ्नो आम्दानीबाट केहि भाग तिर्नु पर्ने हुन्छ।

संघीय आयकर संयुक्त राज्यको आन्तरिक राजस्व बिभाग (IRS) द्वारा व्यक्ति, निगम, ट्रस्ट र अन्य कानूनी संस्थाहरूको वार्षिक आयमा लगाइने कर हो।त्यसैगरी हामीले आफु बसेको, काम गरेको राज्य, सहर र स्थानीय सरकारहरूलाई पनि कर तिर्नु पर्छ।

हामी सबैले कर कटौती र रोजगार ऐन २०१७ (TCJA) रCARES ACT २०२१ बाट अद्यावधिक गरिएका प्रावधानहरूमा आधारित भएर हाम्रो २०२२ को ट्याक्स रिटर्न फाइल गर्दैछौं।TCJA ले ज्याला, लगानी, व्यापार आयमा कर दरहरू घटाएको थियो र कर्पोरेट कर दरलाई २१% मा घटाएको थियो।

297996EE-F430-4B78-8C1A-34235B06C1C9.jpeg

 

तपाईंहरुको बार्षिक कर निर्धारण गरि आइआरयसमा फाइल गर्नको लागि निम्न कागज पत्रहरु संकलन गर्न जरुरी हुन्छ।

• SSN, स्टेट आईडी, पूरा नाम, ठेगाना र जन्म मिति
• W2s, 1099s, W2G र कुनै पनि आम्दानी प्राप्त फारमहरू
• तपाईंले IRS वा जागिरबाट प्राप्त गर्नुभएको कुनै पनि फारमहरू
• स्वास्थ्य बीमा कभरेज प्रमाण, 1095A, B वा C
• तपाईंले २०२२ मा तिर्नुभएको कर, अनुमानित कर तिरेको भएतेस्को निस्सा
• स्व-रोजगारको आम्दानी (जस्तै उबर, लिफ्ट, ट्याक्सी, साना ब्यबसाय), र खर्च रसिद वा जर्नल
• ट्याक्स तिर्न वा रिफण्ड जम्मा गर्नको लागि बैंक राउटिंग र खातानम्बर

 

थप जानकारीको लागि आफ्नो नजिकैको ट्याक्स अफिस वा ट्याक्स प्रोफेशनलहरुलाई सम्पर्क गर्नुहोला।

अहिले विभिन्न अनलाइन ट्याक्स सफ्टवेयर प्रयोग गरेर पनि आफै आफ्नो ट्याक्सफाइल गर्न सकिन्छ तर तपाईंहरुलाई कर सम्बन्धि सामान्य जानकारी छैन भने तपाईंले गल्ति गर्ने सम्भावना धेरै हुन्छ।

तेसैले थप जानकारीको लागि आफ्नो नजिकैको ट्याक्स अफिस वा ट्याक्सप्रोफेशनलहरुलाई सम्पर्क गर्नुहोला।

अमेरिका भरि धेरै स्थानमा नेपाली ब्यबसायीहरुले संचालन गरेको ट्याक्स अफिसबाट वाउहाँहरुलाई ईमेल बाट सम्पर्क गरि ट्याक्स सम्बन्धि सेवा सुबिधा आफ्नै भाषामा बुझेर लिन सकिन्छ।

केही सहयोग आवश्यक परेमा मलाई सम्पर्क गर्नुहोस @jjtax.net

 

77FCD9D6-B62F-49E7-9EC9-61B7C69D830E.jpeg

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - ०८:१४:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend