प्रवासी नेपाली मन्च, अमेरिका (Overseas Nepali Forum, USA (ONF) अन्तर्गत DC Metro क्षेत्रमा पर्ने ३राज्यहरू मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया राज्यहरुमा कमिटी पुनर्गठन भएका छन ।
मेरिल्याण्ड राज्यको बाल्टीमोरमा अबस्थित रोयल स्पाईस रेष्टुरेन्टमा फेब्रुअरी १९ मा सम्पन्न बृहत भेलाले तीनै राज्यकाकार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको मन्चका अन्तराष्ट्रिय संयोजक संजय थापाले जानकारी दिनुभएको छ ।
अध्यक्ष थापाले तिनैवटा राज्य कमिटीका अध्यक्षहरु लगाएत उहॅाहरुको सम्पुर्ण टीमलाई हार्दिक वधाई तथा कार्यकालसफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
कमिटी पुनर्गठनपछि आयोजित सार्बजनिक कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्नुहुदै थापाले प्रवासमा रहेका सबैसंस्थाहरुले नेपाल र नेपालीको सेवा सहयोगलाई प्राथमिकतामा राख्ने गरेको बताउनु भयो ।
कार्यक्रममा मन्चका अमेरिकाज़ महादेश ईन्चार्ज तथा अमेरिकाका निवर्तमान अध्यक्ष प्रभुराम थापाले संस्था स्थापनापछिका प्रगतीहरु सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रवासमा रहेर नेपाल र नेपालीको गरिमा बढाउने काम गरेको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनिगरिएको थियो । प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष सन्जय थापा, सचिवालय सदस्य तथा अमेरिकाजमहादेश ईन्चार्ज प्रभुराम थापा, महिला विभाग प्रमुख कुन्ति थापा , उपप्रमुख जानकी कार्की, मन्चका संस्थापक राजेन्द्र केसि , महादेश कमिटी सदस्य अशोक कार्की, डेयामोक्रेट पाटीको केन्द्रीय सदस्य सतिश चापागाई, डेलावर राज्यका लागिपर्यटन दुत राजु पराजुली, नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(इन्जा)का बरिष्ठ उपाध्यक्ष्य विष्णु शीतल, बानाकाअध्यक्ष सुबोध विलास पन्त लगायत दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो ।
यो कार्यक्रमको प्रमुख अतिथि मन्चका अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष संजय थापा, विशेष अतिथि एमाले केन्द्रीय सल्लाहाकार माधव गौतम, प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज़ महादेश ईन्चार्जप्रभुराम थापा अतिथिहरू मन्चको अन्तर्राष्ट्रीय कमिटी महिला विभाग प्रमुख कुन्ति थापा उपप्रमुख जानकी कार्की, अर्लावारीको पूर्व उपमेयर तथा एमाले राष्ट्रीय परिषद तारा पराजुलि, महादेश कमिटी सदस्य अशोक कार्की, अन्तर्राष्ट्रीयउधोग विभाग सदस्य युद्धवहादुर पन्त, प्रविधि विभाग सदस्य गणेश पौड्याल, वाल्टिमोर नेपाली समुदाय वानाका अध्यक्षसुवोध विलास पन्त, एनआरएन मेरिल्यान्ड च्याप्टर अध्यक्ष तथा पर्यटन दुत राजु पराजुली , पत्रकार एवम डेमोक्रेट पार्टीमेरिल्याण्ड राज्यका केन्द्रीय सदस्य सतिश चापागाई, एनाइसीसी बोर्ड अफ ट्रष्टी अध्यक्ष खिलेन्द्रमणि न्यौपाने, वाना वोर्डअफ ट्रस्टीका अध्यक्ष कुलमणि आर्चाय, गोपाल विक, जनसम्पर्क समिति मेरिल्याण्डका सभापति राजेन्द्र सेन्चुरी, नासोकाउपाध्यक्ष रवि लाल सुनुवार, म्याग्दी समाजका अध्यक्ष अर्जुन शाही, तनहुं अमेरिका समाजका अध्यक्ष किरण पन्त , गुरूगंसमाजका अध्यक्ष दिनेश गुरुगं, टिएससिको वरिष्ठ उपाध्यक्ष शान्ता गौतम, लम्जुगं अमेरिका सेवा समाजका उपाध्याक्षराजेन्द्र थापा पत्रकारहरू ईन्जाका उपाध्यक्ष विष्णु शितल, ईनेप्लिजका विजय थापा, सूर्योदय न्यूजका निलम थापालगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमको दोश्रो सत्र ओएनएफ अमेरिकाको अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा गोविन्द खनालले सन्चालनगर्नु भएको थियो ।
यसअघि प्रवासी मञ्चको केन्द्रीय उपसचिब गोविन्द खनालले अध्यक्षतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्य दुर्गा विकलेस्वागत गर्नु भएको तीन राज्यका प्रतिनिधिहरुले आ–आफ्ना कमिटी गठन गरेका थिए ।
जस अनुसार भर्जिनियामा विज्ञान खनालको अध्यक्षतामा उपाध्यक्ष कल्पना रिजाल,सचिब हेम राना, कोषाध्यक्ष सरस्वतीशर्मा,सदस्यहरु टंक सुयाल,रामहरि फूयाल र भुपाल पोख्रेल हुनुभएको कमिटी गठन भएको छ ।
यसै गरी मेरिल्याण्ड राज्य कमिटीमा अध्यक्ष ज्ञानेन्द्र गहतराज, उपाध्यक्ष रेमन थापा, सचिब ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षनारायणप्रसाद सापकोटा र सदस्यहरुमा सुदीप खतिवडा,राममाया गहतराज, ज्ञानप्रसाद खनाल, राज बोहरा र किरणखड्का रहनु भएको छ ।
त्यस्तै पेन्सीलभेनिया राज्य कमिटीमा अध्यक्ष अभिषेक थापा, उपाध्यक्ष लोकदर्शन लामिछाने, सचिब प्रेमबहादुर खड्का, कोषाध्यक्ष पुण्य पाठक र सदस्यहरुमा मिना कुमारी पहारी, रामबहादुर जिसी, प्रमोद आचार्य रहेका छन नव निर्वाचितराज्यकमिटीका पदाधिकारी र सदस्यहरूलाई प्रवासी नेपाली मन्चका अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष सन्जय थापाले पद तथागोपनीयताको सपथ खुनाउनु भएको थियो ।
पेन्सीलभेनिया राज्य कमिटी निर्माणदेखि भर्जिनियालगायतमा प्रवासी नेपाली मञ्चको संगठन निर्माणमा केन्द्रिय सदस्यदिपक सापकोटाको महत्वपूर्ण योगदान रहेको सो अवसरमा उल्लेख गरिएको थियो ।
प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य तथा प्रचार विभाग सदस्य विजय बगालेले सञ्चालन गर्नु भएको बन्दसत्रकार्यक्रममा नेकपा एमालेका सल्लाहकार कमिटीका सदस्य माधव गौतमले प्रमुख आतिथ्यता गर्नु भएको थियो ।
गौतमले सो अवसरमा नेकपा एमाले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जुन सुकै जटिल परिस्थितिमा पनि डटिरहनेजिम्मेवार पार्टी भएकाले गत मंशिर चार गतेको निर्वाचनमा जनताले जिम्मेवार स्थानमा पुर्याएको र अहिले सो जिम्मेवारीपूरा गर्ने क्रममा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य एवम अमेरिकाज़महादेश इञ्चार्ज प्रभु थापा, महिला विभाग प्रमुख कुन्ती थापाले नवगठित कमिटीलाई बधाइ ज्ञापन गर्नु भएको थियो ।
मन्तव्य राख्ने क्रममा अध्यक्ष सन्जय थापाले मन्चको सन्चालन, अन्तर्राष्ट्रीय, महादेश, राष्ट्रीय र राज्य कमिटीहरूकोआवश्यकता, औचित्य, दायित्व र कार्यक्रमहरूको वारेमा वताउनु भयो भने सचिवालय सदस्य, अमेरिकाज़ महादेश ईन्चार्जतथा अमेरिकाको निवर्तमान अध्यक्ष प्रभुराम थापाले प्रवासी मञ्चको अगुवाइमा हामिले सम्पूर्ण देशका दुतावास मार्फतप्रधानमंत्री कार्यालय र निर्वाचन आयोगलाई ज्ञापन पत्र वुझाएको र महामहिम राष्ट्रपति, नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमंत्री के पि ओलीसंग भेटेरै हाम्रो मतदानको वारेमा दवाव दिएकै कारण अहिले सरकारको नीति तथा कार्यक्रममानेपाली राहदानी भएका प्रवासी नेपालीलाई मतदानको अधिकार प्रत्यायोजन गर्ने बुँदा समाबेश गरिएको छ भनेगैरआवसिय नागरिकता होईन हामी नेपाली नागरिकताको निरन्तरतरता चाहन्छौ र यस्को लागि पहल भइरहेको वताउनुभयो ।
महिला विभाग प्रमुख कुन्ति थापाले महिलाहरूको अधिकार र सहभागिताको वारेमा बोल्नु भएको थियो वक्ताहरूलेकेन्द्रिय नेताहरुले नेपालमा हुने घर झगडा एवम कुनै विवादको असर प्रवासमा पर्न नहुने र अहिले त्यस्तो कुनै विवाद वासमस्या नरहेकोमा पनि जोड दिएका थिए । यसरी नै मञ्चका नेताहरुले विश्वभर छरिएर रहेका नेपालीहरु बीच प्रवासीनेपाली मञ्चले आफ्नो संगठन विस्तार गरिसकेको पनि जानकारी गराएका थिए । उनीहरुले विश्वका कुनै पनि मुलुकमापुगेका नेपालीले आफ्नो जन्मभूमिका लागि जस्तोसुकै सहयोग गर्न पर्दा मञ्चले सहजकर्ताको भूमिका निर्वाह गर्ने कुरालाईजोड दिएका थिए ।
मञ्चका नेताहरुले प्रवासमा परिआउने हरेक समस्याको समाधानमा मञ्च समुदायसँग रहने गरेको उल्लेख गरेका थिए ।संगठन निर्माणमा विश्वभर क्रियाशील प्रवासी मञ्चले पाँच वटै महादेश र विभिन्न देशमा ४० भन्दाबढी राष्ट्रिय कमिटीहरुनिर्माण र परिचालन गरिहेको समारोहलाई जानकारी गराएका थिए ।
कार्यक्रम सफल बनाउन मञ्चका केन्द्रिय सदस्य पुष्पा घिमिरे, केदार पाहारी, दिपक सापकोटा, नारायण ढुगाना, रोयलस्पाइस परिवारका गोविन्द खनाल,यादब खनाल, भेषराज पाण्डेलगायतको महत्वपूर्ण योगदान रहेको पनि उल्लेखगरिएको थियो ।
कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम सफलताका लागि खटेर काम गर्नु हुने र उपस्थित भएरआफ्नो समय, ज्ञान र भौतिक सहयोग गर्नुहुने सबै दाता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।