बाल्टिमोरको हिन्दु वुद्ध मन्दिरमा बालबालिकाहरु खेल्ने पार्क बन्ने भएको छ ।
बिशेषगरी आईतबारको नेपाली भाषा कक्षा पढ्न आउने बालबालिकाहरुलाई रमाईलो होस भनेर पार्क बनाउन लागिएको हो ।
यो पार्कमा अहिले तत्कालका लागि बच्चाहरु पिगं खेल्न मिल्ने छ । साथै चिप्लेटि खेल्ने र लुकामारी खेल्न मिल्ने सेट खरीद गरिएको छ ।
यहि आईतबार पार्कका खेल सामाग्रीहरु जडान गर्ने कार्यक्रम रहेको छ ।
आईतबार बच्चा लिएर आउने अभिभावकले घरमा भएका नट बोल्ट कस्ने औजारहरु लिएर आईदिनु हुन समाजसेवी तरुण पौडेलले अनुरोध गर्नुभएको छ ।
साथै, बालबालिकाहरुलाई ब्याडमिन्टन लगायतका खेलहरुको व्यवस्था समेत गर्न लागिएको छ ।