Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए अमेरिकाले सदस्यता नखुलाउदा शंका उत्पन्न भएको निबर्तमान अध्यक्ष सूनील साहको भनाई

एनआरएनए अमेरिकाले सदस्यता नखुलाउदा शंका उत्पन्न भएको निबर्तमान अध्यक्ष सूनील साहको भनाई

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०७९
images
एनआरएनए अमेरिकाले सदस्यता नखुलाउदा शंका उत्पन्न भएको निबर्तमान अध्यक्ष सूनील साहको भनाई

एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सूनील साहले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यताका सम्बन्धमा सार्बजनिक रुपमा अभिव्यक्ति दिएका छन् ।

 

साहले भनेका छन्, "विश्वका विभिन्न देशहरुमा रहेको एनआरएनए एनसिसीहरुले सदस्यता खुलाई प्रक्रिया धमाधम अघि बढाईरहेका छन् । तर विश्वमै सबैभन्दा बढी एनआरएनहरु भएको देश अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन भन्ने मेरो धारणा रहेको छ ।"

साहले निर्देशनको शैलीमा भनेका छन, "यस सन्दर्भमा संघको निवर्तमान अध्यक्षको नाताले मेरो के धारणा रहेको छ भने संघको सदस्यता तत्काल खुल्ला गर्नुपर्दछ ।"

सदस्यताका सन्दर्भमा एनआरएनए आईसिसीले स्पष्ट मार्गनिर्देशन दिईसकेको छ भने त्यही अनुरुप विभिन्न देशहरुमा सदस्यता खोल्ने र सदस्यहरु बन्ने क्रम अघि बढेको पनि साहले उल्लेख गरेका छन् ।

एनआरएनए आईसिसी र एनआरएनए एनसिसी अमेरिकाका बीचमा पनि सदस्यताका सम्बन्धमा पनि विगतमा केही विषयमा छलफल सहमती समेत बनिसकेको अवस्थामा सदस्यता खुला नहुनुको कारण बुझ्न नसकेको भन्दै साहले आशंका व्यक्त गरेका छन ।

आईसीसीका कोषाध्यक्ष समेत रहेका साहले जारी गरेको सार्बजनिक विज्ञप्ती यस्तो छ । 


सम्पूर्ण अमेरिकाबासी एनआरएनहरुमा नमस्कार ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यताका सम्बन्धमा साथी भाईहरुले प्रत्यक्ष भेटमा होस् या अन्य माध्यमवाट कुराकानीका क्रममा जिज्ञासा राख्ने गर्नुभएको छ । त्यो जिज्ञासालाई मैले मेरो तर्फवाट सकारात्मक र संस्थाप्रतिको मायाको रुपमा लिएको छु । र यस सन्दर्भमा संघको निवर्तमान अध्यक्षको नाताले मेरो के धारणा रहेको छ भने संघको सदस्यता तत्काल खुल्ला गर्नुपर्दछ ।
विश्वका विभिन्न देशहरुमा रहेको एनआरएनए एनसिसीहरुले सदस्यता खुलाई प्रक्रिया धमाधम अघि बढाईरहेका छन् । तर विश्वमै सबैभन्दा बढी एनआरएनहरु भएको देश अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन भन्ने मेरो धारणा रहेको छ । सदस्यताका सन्दर्भमा एनआरएनए आईसिसीले स्पष्ट मार्गनिर्देशन दिईसकेको छ भने त्यही अनुरुप विभिन्न देशहरुमा सदस्यता खोल्ने र सदस्यहरु बन्ने क्रम अघि बढेको छ । एनआरएनए आईसिसी र एनआरएनए एनसिसी अमेरिकाका बीचमा पनि सदस्यताका सम्बन्धमा पनि विगतमा केही विषयमा छलफल गर्नुपर्ने रहेको थियो र ती विषयमा छलफल पनि भैसकेको छ , सहमती समेत बनिसकेको छ । तर पनि के कति कारणले सदस्यता खुलाईएको छैन यसको यकिन छैन ।
विगतमा विश्वमै सबैभन्दा बढी एनआरएनएको सदस्यता भएको देश अमेरिकामा छिटो भन्दा छिटो सदस्यता खुलाउनका लागि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु । यस सम्बन्धमा संघको पूर्व अध्यक्ष समेत रहनुभएका एनआरएनए आईसिसीका महासचिव डा. केशव पौडेल, यस अमेरिकाज क्षेत्रवाट क्षेत्रीय संयोजक भैसक्नुभएका एनआरएनए आईसिसीका महासचिव गौरीराज जोशी र मेरो विचमा भएको भेटघाटमा पनि मैले यो विषय उठाएको पनि सबैमा जानकारी गराउन चाहन्छु ।
आशा छ अब छिट्टैं एनआरएनए अमेरिकाको सदस्यता खुल्नेछ ।
सबैमा धन्यवाद ।

सुनील साह
निवर्तमान अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - २१:२०:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend