Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जीपी कोईराला फाउण्डेशनले स्थापना दिवस भव्य मनाउने

जीपी कोईराला फाउण्डेशनले स्थापना दिवस भव्य मनाउने

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७९
images
जीपी कोईराला फाउण्डेशनले स्थापना दिवस भव्य मनाउने

न्यूयोर्क, अमेरिका: मार्च ४, २०२३


गिरिजा प्रसाद (जीपी) कोइराला फाउण्डेशन अमेरिकाले आफ्नो स्थापना दिवस मार्च आठ तारिक विषेश कार्यक्रम गरि बनाउने भएको छ। गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार अन्तर्राष्ट्रिय महिला दिवस, व्ल्याक हिस्टोरी मन्थ र फाउण्डेशन अमेरिकाको तेस्रो वार्षिकोत्सव एकै दिन मनाउन लागिएको हो।

११३औं अन्तर्राष्ट्रीय महिला दिवस तथा गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका(जिपीके फाउन्डेशन)अमेरीकाको वार्षिकोत्सवको पावन अवसरमा अमेरीकाका संघीय, राज्य र शहरको विभिन्न निकायहरूका अति विशिष्ट व्यक्तित्वहरू, संयुक्त राष्ट्रसंघका प्रतिनिधि ज्युहरू, निर्वाचित जनप्रतिनिधिज्युहरु लगायत दर्जनौं संघ संस्थाहरू क्रमश: साउथ ऐसियन अमेरिकन, ल्याटिनो अमेरिकन, चाईनिज अमेरिकन र विभिन्न-देश: नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, चाईना, क्यारिबियन र अमेरिकको (मिडिया हाउस) पत्रकारहरुको सहभागितामा हुन गईरहेको यस विशेष कार्यक्रममा विभिन्न देशको सांस्कृतिक नृत्यहरुले(Mini UN Cultural Performances) थप मनोरञ्जन र उत्साह दिलाउने विश्वासका साथ यहाँको गरीमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।

कृपया उपस्थितिको लागी पुर्व जानकारी गराईदिनुभएमा आभारी हुनेछौं। RSVP at [email protected]

प्रार्थी:
सोमनाथ घिमिरे
अध्यक्ष
जिपिके फाउन्डेशन अमेरीका च्याप्टर परीवार
९१७-७४२-७५६६

3B94022D-0219-4937-9D35-7DD2AFE6F45E.jpeg

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - २१:५७:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend