एनआरएनए अमेरिकाले नयां सदस्यहरुका लागि र पुरानाहरुको अपडेटका लागि भन्दै सदस्यता खुलेको जनाएको छ । एनआरएनएले आफ्नो फेसबुक पेज र वेबसाईटमा यो कुरा उल्लेख गरेको छ ।
आईसीसीले लागू गर्ने भनिएको एमआईएस (MIS) प्रणाली मार्फत सदस्यता बिस्तार गर्न लागिएको एनआरएनएले जनाएको छ ।
धेरै पटकका आन्तरिक छलफलपछि एनआरएनए अमेरिका यो निर्णयमा पुगेको हो । अमेरिकाबाट यो प्रणालीमा सदस्यता बितरण गर्न प्राबिधिक रुपले नसकिने भन्दै बहस चलिरहेको छ ।
एनआरएनए अमेरिकाका यूथ कोअर्डिनेटर त्रिभुवन पाण्डेले यो सदस्यता प्रणाली र प्रक्रियाका बारेमा विमती सार्बजनिक गरिसकेका छन् ।