Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ड्यालसमा नेजाको अन्तरकृया

ड्यालसमा नेजाको अन्तरकृया

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७९
images
ड्यालसमा नेजाको अन्तरकृया


ड्यालस (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरकृया गरेको छ ।


अन्तरकृयामा नेजाको आउँदो मे महिनामा हुन लागेको अधिवेशन, अमेरिकाको नेपाली समुदायका मुद्धाहरु, मिडियाले उठाउनुपर्ने विषयवस्तुका बारेमा छलफल गरिएको थियो । आउँदो मे महिनाको २० र २१ तारिक नेजाको आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुँदैछ ।
कार्यक्रममा समुदायका अगुवाहरुले मिडिया र सञ्चारकर्मीहरुका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै आसन्न अधिवेशनको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यद्वय सुमन थापा र विकास उप्रेती, एनआरएनए अमेरिकाजका उपक्षेत्रीय संयोजक रामकुमार सुवेदी, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, समाजसेवी प्रभात दीक्षित, डा. अर्जुन बञ्जाडे, भुवन आचार्य, एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेल, रामहरि अधिकारी, जनक भण्डारी , पत्रकारहरू रामचन्द्र भट्ट, प्रशन एलुङ राई, किशन रेग्मी,सामाजिक अभियन्ता शंकेस सुवेदी, मधुर खरेल, अमित शर्मा लगायतले शूभकामना दिएका थिए ।


कार्यक्रममा हालसम्मको अवस्था तथा नेजाका गतिविधिका बारेमा अध्यक्ष विकासराज न्यौपाने, महासचिव सुरज भण्डारी, अधिवेशन आयोजक समितिका संयोजक सुजन पण्डित, क्षेत्रीय संयोजक गोकुल श्रेष्ठ, नेजाका मानार्थ सदस्य तारा बराल, सल्लाहकार सञ्जय घिमिरे, शैलेस राज आचार्य, बिटु केसी बराल, कार्यसमिति सदस्य बाबुराम दाहाल, अनिल अधिकारी , प्रतिमा बास्कोटालगायतले चर्चा गरेका थिए ।


नेजाले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - ०९:१०:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend