Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको सानफ्रान्सिस्कोमा शिव वुद्ध मन्दिर बनाउने तयारी

अमेरिकाको सानफ्रान्सिस्कोमा शिव वुद्ध मन्दिर बनाउने तयारी

नेप्लिज डायस्पोरा

९, चैत्र २०७९
images
अमेरिकाको सानफ्रान्सिस्कोमा शिव वुद्ध मन्दिर बनाउने तयारी

अमेरिकाको शानफ्रान्सिस्कोमा नेपालीहरुले शिब बुद्द मन्दिर बनाउने योजना शुरु गरेका छन । 

जसका लागि यस क्षेत्रको सेरोफेरोमा बस्नुहुने सम्पूर्ण नेपालीहरुको एउटा भेला आयोजना गरिएको छ । 

शानफ्रान्सिस्कोको विभिन्न क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्वहरु राजेश थापा, पशुपती कण्डेल, लता प्रधान, अनिल पाण्डे, सागर पौडेल, सूर्य शर्मा, यज्ञलाल श्रेष्ठ लगायतको बिशेष अगुवाईमा यो कार्यक्रम आयोजना हुन लागेको बताईएको छ ।


"हामीले बृहत जनसभाको आयोजना गरेका छौं । त्यहि सभामा कुरा राखेर हामी अगाडी बढ्ने भएका छौं ।" मन्दिर निर्माणका लागि लामो समयदेखि प्रयासरत अगुवा समाजसेवी गीता रेग्मीले नेप्लिज डायस्पोरासंग भन्नुभयो । 

जन भेला कार्यक्रम बारेको सूचना यसप्रकार छ :

हार्दिक नमस्कार।

यस छेत्रका हामी नेपाली हरुको शिब बुद्द मन्दिर बनाउने लामो समय देखिको सपना छिटो भन्दा छिटो सफल बनाउन मन्दिर निर्माणकालागि निम्न मिति र स्थानमा आयोजना हुन गहिरहेको बृहत जन सभामा हजुरको सक्रिय सहभागिताको लागी मुक्तिनाथ धाम परिवार हार्दिक अनुरोध गर्दछौ ।

मिति : 26 March 2023 at 1:00 PM
स्थान : Gyuto Foundation

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - २०:५२:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend