Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

फिव्नाद्वारा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुस्तक विमोचन

फिव्नाद्वारा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुस्तक विमोचन

नेप्लिज डायस्पोरा

९, चैत्र २०७९
images
फिव्नाद्वारा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुस्तक विमोचन

आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिव्ना) ले अन्तरास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर Voices of Immigrant Women Journal एक अन्तरक्रिया कार्यक्रमको साथ् बिमोचन गरेको छ। कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले सो जर्नलको बिमोचन गरेकी थिइन् ।

यो संकल्प सस्थाको स्थापनाकालदेखि नै भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी संस्थाकी अधक्ष्य इन्दिरा चोङबाङले बताइन्। जवर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबैजनाको एक्यवद्धता, प्रतिवद्वता र लगाबका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने ब्यबसायी लगायत सम्पूर्ण सहयोगिमनहरूप्रति आभार प्रकट गरिन् ।त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आगामी द्नमा सुधार गर्नको लागि सम्पूर्णसॅग आग्रहपनि गरिन् ।

12C96C81-8058-4959-B465-DC0E4CA81FEE.jpeg
undefined

अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा प्रोफेसर रेजिता नेयरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकि थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन सेलभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकि थिइन् ।

कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्याक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासॅध अमेरिका (फिपना) का पूर्ब सभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई लाई यॅस्थाले सम्मान गरेको थियो ।

D17F415E-F45C-4D4F-B2EE-3D957A7D1436.jpeg
undefined

त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाब जमाउन सफल सामाजिक अभियान्ता तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएनका अध्यक्ष, हामी नेपाली ग्लोबलको प्रथम उपाध्यक्ष तथा न्यूयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार नबराज केसि, कृयाशिल युहा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामा लाई पनि हौसलास्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

बिभिन्न सॅघ सॅस्थाका प्रतिनिधीहरूकाबीचमा सम्पन्न उक्त कार्यक्रममा सॅस्थाका पदाधिकारी र सदस्यहरूगरी जम्मा २० जनाले आजीवन सदस्यतालिएबापत दोसल्ला र प्रमाणपत्रकासाथ सम्मान गरेका थिए ।
कार्यक्रममा सॅस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूष बिचमा भएको सामाजिक बिभेदलाई प्रकास पार्दै उन्मुलन गर्नका लागि नयॅा पिडीहरू एक हुनुपर्ने बताइन् ।

9EE7D4EF-C856-4D82-AAAB-D7CD2236E5FC.jpeg
undefined


त्यस्तै सॅस्थाकी सॅस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिलेपनि अघाडि बढ्न हौसला दिएको बताउॅदै सॅस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । “हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको बिकास गरौ “ उनको जोड थियो ।

2D288188-7193-4F61-974A-3BBE21B1A5AA.jpeg
undefined

अन्त्यमा यस सॅस्थालाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने ब्याक्तिहरूले सॅस्थाको गोल्ड स्पोनसरमा सद्भावना पर्यटन दुत तथा सामाजिक अभियान्ता केशबराम राइ र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष तथा सामाजिक अभियान्ता इन्द्र तामाङ गोल्ड स्पोनसर, फिपनाका पूर्ब सभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बा दयबाट सिल्भर स्पोनसर स्वरूप सॅस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यबाद तथा आभार ब्यक्त गर्दै सम्पूर्णले यसैगरि साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिकरूपमा अन्त्य गरिन् ।

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - २१:१५:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend