कृष्ण लामिछानेले आत्महत्या गरेको समाचार बाहिर आएसंगै अमेरिकाको नेराली समुदायमा हलचल भईरहेको छ ।
एउटा नाम चलेको सामाजिक अभियन्ता किन र कसरी निरिह बनाईयो यसको पूर्ण जानकारी अहिले कसैसंग छैन ।
लामिछानेको सनिबार अमेरिकाको टेक्सासमा उनको परिवारका सदस्यहरु सामाजिक क्षेत्रमा नाम चलेका व्यक्तिहरुको विशाल उपस्थितिमा अन्तिम दाह संस्कार पनि गरिसकिएको छ ।
झट्ट हेर्दा सबैले पारिवारीक कलह र त्यसपछिका घटनाक्रमलाई चर्चा गर्ने गरेका छन् । तर लामिछानेलाई यो अक्करको पहरोमा ल्याई पुर्याएर छोडेको भन्दै उनका नजिकका साथीभाईलाई आरोप पनि लागेको छ ।
लामिछानेले आफ्ना मित्र मण्डलीसंग पटक पटक सहयोगको याचना गरेपनि पारिवारीक कुरा हो भन्दै उनलाई असहयोग गरेको नेपालमा रहेका आफन्तहरु बताउछन ।
लामिछानेको मृत्युको खबर लगत्तै सार्बजनिक भएका तस्वीर र भिडियोहरुमा उनी पीडामा रहेको प्रष्ट देखिन्छ । सार्बजनिक भएको भिडियोमा चिरेर नुन चुक लगाएर झुण्ड्याउनु पर्ने भनेर प्रष्ट भनिएको छ । कस्ले, कहां किन भन्यो भन्ने प्रश्नको सहि उत्तर नभएपनि यो उनकै परिवारका सदस्यहरु हुन भनेर अनुमान लगाउनेहरु धेरै छन ।
"यातना दिएका कति भिडियो त बाहिर आएकै छैनन" केही मानिसहरु भन्छन ।
"कृष्णजीले गरेका गल्तिहरु बाहिर नआउंदासम्म कुरा के हो भन्न सकिन्न ।" एकजनाले नेप्लिज डायस्पोरासंग भने ।
कृष्ण लामिछाने एकातीर फसे र उनलाई फसाईयो । फसाउनेहरु नै अहिले तैचुप मैचुप छन र उनीहरु जतिसक्दो छिटो उनको दाहसंस्कार गरिदिएर घटना सामसुम भएको हेर्न चाहन्छन । किनकी घटनासंगै अरु पनि फस्नेवाला छन् भनिन्छ ।
झट्ट हेर्दा र सुन्दा जोकोहीलाई पनि लाग्छ -यति बुझेको मानिस, यति उर्जा भएको मानिस, यति सामाजिक मन भएको र साथीभाई भएको मानिस किन यसरी निरिह बन्यो ? के एउटा सामान्य घट्ना मात्र होला त यसभित्र? यो प्रश्नको उचित जवाफ समयले पक्कै खोज्ने छ र दिने नै छ ।
लामिछानेलाई बिदाई गर्ने बेलासम्म सामाजिक संजाल फेसबुकमा अमेरिकाका नेपालीहरुले व्यक्त गरेका केही विचार भावनाहरु स्क्रिन सट गरेर जस्ताको तस्तै राखिएको छ:
स्वर्गिय लामिछानेका बुवाको इच्छामा गम्भिरता देखाउँ !
हाम्रा अनन्य मित्र स्वर्गिय कृष्ण लामिछानेसँग सम्वन्धित यातनाका तस्विर र पछिल्लो घटनाक्रमले अमेरिकी नेपाली समुदायको ध्यानाकर्षण भएको छ । र यो स्वभाविक समेत हो, स्वर्गिय लामिछानेका बारेमा समाजले यथार्थ जान्न चाहेको हो । सामाजिक अगुवा, एनआरएनएका सक्रिय अभियान्ताहरु, एनसिसी यूसए टेक्सास च्याप्टर, टेक्सास नेपाली समाज लगायतले कृष्ण लामिछानेको न्यायिक पहल गर्नुपर्ने गरी अगाडि बढी रहेको परिप्रेक्ष छ । साथै नेपाली समुदायका अगुवाहरुबाट समेत सोही अनुसार माग गरी सामाजिक संजालमा स्टाट्सहरु आईरहेका छन् । म एनआरएन आईसिसीमा सक्रिए रहेका नाताले एनआरएनए अमेरिकाले समेत तत्काल बैठक बोलाई यस बारेमा संस्थागत पहल गर्न हार्दिक अनुरोध गर्दछु ।
साथै स्वर्गिय कृष्ण लामिछानेको बुवाले छोराको पार्थिव शरिर हेर्न इच्छा गर्नु भएका कारणले टेक्सास क्षेत्रमा उपलब्ध साथीहरु र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले समेत यस बिषयलाई गम्भिरता पूर्वक लिएर वहाँको अनुरोधलाई ख्याल गर्न अनुरोध गर्दछु । बुवाको राहदानी र भिषाका काम समेत भईरहेको बुझिएको छ ।
हिजो हाम्रा लागि दिन रात नभनी समाज सेवामा लागेको साथीका लागि हामीले केही पहल गर्न नसके हाम्रा संघ सस्था र नेताहरु केका लागि भन्ने गम्भिर प्रश्न हामी सामु तेर्सिएको छ । यसलाई हामीले गम्भिरता पूर्वक लिनुपर्ने हुन्छ ।
यसका अलवा एनआरएन आईसिसीका अमेरिकामा रहेका उपलब्ध पदाधिकारी र नेतृत्वमा रहनु भएका साथीहरुले बुवाको भिषा प्रकृयामा सहज भूमिका खेलिदिन समेत आग्रह गर्दछु ।
राजन त्रिपाठी
सचिब
एनआरएनए आईसिसि

