Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया

नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७९
images
नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया

टेक्सस (अस्टिन) /अमेरिका

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्ससको अस्टिन सहरमाआइतबार अन्तरक्रिया सम्पन्न गरेको छ ।

संघले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)सँगको समन्वयमा अस्टिनसहरमा बसोबास गर्ने सामाजिक अभियन्ता एवं त्यहाँ अवस्थित विभिन्नसंघ-संस्थामार्फत सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरुसँगअन्तरक्रिया गरेको हो ।

ग्यान्सको भवनमा सम्पन्न अन्तरक्रियामा सहभागीहरुले पत्रकार रसामाजिक अभियन्ताबीच सुमधुर सम्बन्ध रहनुपर्नेमा जोड दिनुभएकोथियो । उहाँहरुले पत्रकार पनि समाजकै अंग रहेको उल्लेख गर्दैसमाजसेवाको क्षेत्रमा सबै एकअर्काको सहयोगी बन्नुपर्ने आवश्यकताऔंल्याउनुभएको थियो । साथै, कार्यक्रममा सहभागीहरुले पत्रकारलाईआग्रह एवं पूर्वाग्रह नराखी निष्पक्ष रूपमा अघि बढ्न पनि सुझावदिनुभयो ।

संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएकोअन्तरक्रियामा नेजाका मानार्थ सदस्य तारा बराल, ग्यान्सका अध्यक्षभोजराज भट्ट, ग्यान्स सामुदायिक केन्द्रका संयोजक गेहेन्द्र केसी, ग्यान्सका पूर्वअध्यक्ष देवराज न्यौपाने, एनआरएनए अमेरिकाकापूर्वकोषाध्यक्ष नेत्रबन्धु पोखरेल, वेको नेपाली समाजका सहसचिववासुदेव ज्ञवाली, सामाजिक अभियन्ताहरु उद्वव खनाल, कृष्ण जीसी, पदम ठकुराठी, महेश रेग्मी, दीपक हुमागाईं, प्रदीप पराजुली, राजेश्वरनिरौला, प्रियरञ्जन दाहाल, शिव न्यौपाने, अमृत मिश्र, विदुरखतिवडालगायतले धारणा राख्नुभएको थियो ।

संघकी कार्यसमिति सदस्य प्रतिमा बाँस्कोटाको सञ्चालनमा भएकोकार्यक्रममा नेजाको गतिविधिमाथि महासचिव सुरज भण्डारीले प्रकाशपार्नुभएको थियो भने संघको मे महिनाको २० र २१ मा ह्युस्टन सहरमा हुनेआठौं अधिवेशन तथा १६औं साधारण सभाका कन्भेनर सुजन पण्डितलेआसन्न अधिवेशनसम्बन्धी जानकारी गराउनुका साथै उद्घाटन सत्रमासबैलाई आमन्त्रणसमेत गर्नुभएको थियो । सो अवसरमा संघकाकार्यसमिति सदस्य बाबुराम दाहाल, पूर्वकोषाध्यक्ष बिटु केसी, सदस्यहरु  विनय देवकोटा, रविन पिया, नारायण भण्डारी, झरनाअधिकारी, श्रीकृष्ण गौतम, भीषण न्यौपानेलगायतले बोल्नुभएको थियो।

 

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०५:३०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend