अमेरिकाको कोलोराडोमा बस्दै आएका जगन्नाथ गौतमको ५९ वर्षको उमेरमा निधन भएको छ । गौतमको अप्रिल १३ तारिक बिहीबार राती निधन भएको एनआरएनए अमेरिकाले जनाएको छ ।
गौतम गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अनअरी काउन्सिल मेम्बर र पूर्व सल्लाहकार समेत रहनु भएको थियो ।
जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य, लायन्स क्लब अफ अन्नपूर्ण बर्कलि क्यालिफोर्निया पूर्व सभापति गौतम अमेरिकाको नेपाली समाजमा परिचित नाम हो ।
उहाँ नेपाल पोखरा बूढ़ीबजार निवासी हुनुहुन्थ्यो । २१ वर्ष देखि अमेरिकामा बस्तै आउनु भएका गौतम स्वास्थ्य समस्याका कारण केही समयदेखि अस्पताल र चिकित्सकको नियमित परामर्श र औषधि उपचारमा रहेको बुझिएको छ ।
एनआरएनए अमेरिकाले गौतमको अल्पायुमा भएको देहावसानको दुःखद खबरले स्तब्ध बनाएको बताएको छ ।
"यस दुखद घडीमा स्वर्गीय गौतमको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै उहाँकी श्रीमती निरा र छोरा नीरज लगायत सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।" अध्यक्ष बुद्धि सागर सुबेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।