आशियाना (विगतमा ASHA फर वुमन भनिने) ले अफगानिस्तान, भूटान, बङ्ग्लादेश, इन्डिया, नेपाल, पाकिस्तान र श्रृलङ्का मूल भएका दक्षिण एसियालीहरूका लागि सेवा प्रदान गर्छ।
आशियानाले कसरी सहायता गर्न सक्छ?
आशियानामा गैर-आपातकालीन आवश्यकताहरूका लागि एउटा टोल-फ्रि, सुरक्षित, भरपर्दो, र गोपनीय हेल्पलाईन 888-417-2742उपलब्ध छ। कृपया एउटा भ्वाइसमेल छाड्नुहोला र हाम्रो सेवाग्राहीसेवा व्यवस्थापकले 1 कार्यालय दिन भित्र त्यसको जवाफ दिनेछन्। आपातकालीन अवस्थाहरूमा, 911 मा कल गर्नुहोस्।
आशियानालाई कुन कुराले
आशियाना व्यापक तथा सांस्कृतिक-संवेदनशील स्थिति व्यवस्थापन सेवाहरू उपलब्ध गराउँछौं, जस अन्तर्गत व्यक्तिगत आवश्यकताहरूको मूल्याङ्कन, सुरक्षाको मूल्याङ्कन, योजना र समन्वय सेवाहरू पर्दछ, साथै आवश्यकताहरूको पूर्ति भएको मूल्याङ्कन र सुनिश्चित पनि गर्दछौं। हाम्रो उद्देश्य भनेको सेवाग्राहीहरूलाई आत्म निर्भर बन्नमा सहयोग गर्नु हो।
हाम्रो व्यक्तिकृत सेवाहरुका अतरिक्त, हामी सम्पूर्ण समुदायमा सकारात्मक प्रभाव ल्याउन तयार गरिएको कार्यक्रमहरु पनि चलाउँछौं।हाम्रो कार्यक्रम क्षेत्रहरु अन्तरव्यक्तिगत हिंसा (वा घरेलु हिंसा), ज्येष्ठ नागरिक सेवा, बाल तथा युवा सेवा, जागरुकता एवं रोकथाम, तथासाझेदारी एवं सहकार्यहरू हुन्।
अलग बनाउँछ?
हाम्रो सांस्कृतिक दक्षता साथै हामीले सेवा दिने सेवाग्राहीहरूसँग जोडिन सक्ने क्षमता।
हामी विभिन्न दक्षिण एसियाली भाषाहरू बोल्छौं साथै संस्कृति(हरू), धर्म(हरू),तथा पारिवारिक गतिशीलता तथा कानून बारे बुझ्छौं। उक्त ज्ञान र चेतनाले हामीलाई सेवाग्राहीको आवश्यकता, लक्ष, तथा प्राथमिकताहरूमा ध्यान दिँदै व्यक्ति-केन्द्रित साथै सांस्कृतिक-संवेदनशील सेवाहरू प्रदान गर्न सक्षम तुल्याउँछ।
हाम्रो लक्षित स्थिति व्यवस्थापन बाहेक, हामी अतिरिक्त सहयोग सेवा तथाकार्यक्रम पनि उपलब्ध गराउँछ, जस्तै करियर काउन्सेलिङ, ज्येष्ठ नागरिक तथा घरेलु हिंसाबाट बचेकाहरुका लागि सहयोग समूह, तथा दक्षिण एसियाली पेसेवर व्यक्तिहरू कहाँ सिफारिस। यी सबै कुराहरूलाई पनि सांस्कृतिक-संवेदनशील, दक्षिण एसियाली दृष्टिकोणबाट तयार गरिन्छ र कार्यान्वयन गरिएको हुन्छ।
www.ashiyanaa.org
हाम्रो
कार्यक्रमहरू
60 वर्ष र बढी उमेरका व्यक्ति र उनीहरूका स्याहारकर्ताहरूका लागि
सेवाग्राहीहरूलाई जानकारी प्राप्त गर्न र उनीहरूलाई आवश्यक सुविधाहरू जस्तै मेडिकेयर,मेडिकेड, निजी बिमा, फुड स्ट्याम्प, यातायात, आवास, तथा/वा अन्य सामाजिक सेवाहरू प्राप्त गर्न सहायता गर्ने।
सामाजिकरणका अवसरहरू उपलब्ध गराउँदै अलग हुनबाट जोगाउने – सामुदायिक क्रियाकलापहरू, उनीहरूका साथीहरूसँग भेट्ने अनलाईन प्ल्याटफर्महरू।
स्याहारकर्ताहरूले ज्येष्ठ नागरिकहरूको स्याहार गर्दा भोग्ने चुनौतीहरूलाई ध्यानमा राख्दै उनीहरूलाई सहयोग प्रदान गर्ने।
दक्षिण एसियाली बालबालिका तथा किशोरकिशोरीहरूले दुईवटा संस्कृतिका बीचमा भएको कारण अद्वीतिय चुनौतीहरू भोग्छन्। हामी निम्न मुद्दाहरूका आधारमा सेवा तथासिफारिसहरू तयार गर्दैछौं:
भेदभाव, पक्षपात
एकल्चरेसन (संस्कृतिहरूको सन्तुलन/एकीकरण)
अल्पसंख्यक रुढीवादी धारणा/ नाम दिने (कुनै विशेष अल्पसंख्यक समूहबाट गरिने सांस्कृतिक अपेक्षाहरू)
परिवार, समुदाय, र समाजमा सञ्चार समस्याहरू।
सांस्कृतिक तथा भाषागत व्यवधानहरू।
आफू बाहिरको भएको महसुस लगातार गर्ने।
हिंसा (घरेलु हिंसा)
सङ्कटको बेला बाँच्न आकस्मिक आवश्यकताहरूमा सहायता।
सुरक्षा मूल्याङ्कन र योजना जस्तै संरक्षण आदेश तथा प्रहरी रिपोर्टहरू।
जन सुविधाहरू प्राप्त गर्न सहायता।
काउन्सेलिङ – चिकित्सकीय र करियर।
कानूनी र स्वास्थ्य सेवाहरूमा सिफारिस।
रोकथाम
हामी स्वस्थ समुदाय र सम्बन्धहरूको निर्माण गर्न आउटरिच गतिविधिहरू सञ्चालन गर्छौं। हाम्रो कार्यक्रमहरूमा विविध समूहहरू माझ जागरुकता फैलाउने र रणनैतिक रोकथाम योजना लागु गर्ने कुराहरू पर्दछ।
सेवा प्रदायकहरू (सरकारसँग सम्बद्ध साथै गैर सरकारी संस्थाहरू) तथा मूलधाराकासामाजिक सेवा सामुदायिक संस्थाहरूलाई सांस्कृतिक दक्षता तालीम।
दक्षिण एसियाली पेसेवर तथा सामुदायिक सदस्यहरूका लागि पूजा स्थल, सामुदायिक सांस्कृतिक केन्द्र, तथा कार्यक्रमहरूमा जागरुकता र रोकथाम कार्यशाला तथा प्रस्तुतिहरू।
दक्षिण एसियालीहरूको खास सास्कृति र समस्याहरूका बारेमा जागरुकता फैलाउन सामुदायिक प्रतिनिधिहरू।
पत्रपत्रिका, ब्लग, तथा सामाजिक मिडिया लगायतका सक्रिय तथा व्यापक डिजिटल सञ्चारहरू।
सांस्कृतिक संवेदनशील सहयोग समूह तथा सरोकार समूहहरूसँग सामाजिक विषयहरूमा अन्तरक्रियात्मक फोरम बनाउने।
हामी हाम्रा सेवाग्राहीहरूलाई उत्तम सेवा प्रदान गर्ने उद्देश्यले राज्य तथा काउन्टिको सरकारी संस्थाहरू, समुदायमा आधारित तथा आस्थामा आधारित संस्थाहरू, शैक्षिक संस्थाहरू, तथा सामाजिक सेवासंस्थाहरूसँग साझेदारी एवं सहकार्यहरू गर्छौं।
आशियाना, IRS संहिता खण्ड 501(c)3 मा उल्लेख भए अनुसार एउटा सङ्घीयरूपमा छूटप्राप्त संस्था हो। हाम्रो ट्याक्स ID सङ्ख्या 52-2193753 हो।
6701 Democracy Blvd
Suite 300
Bethesda, MD 20817
1-888-417-2742
[email protected] www.ashiyanaa.org