Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका डा. इन्द्रजित राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका डा. इन्द्रजित राई पक्राउ

नेप्लिज डायस्पोरा

१९, बैशाख २०८०
images
नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका डा. इन्द्रजित राई पक्राउ

२०८० वैशाख १९
काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानीशरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो ।

उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेकोअभियोगमा राईलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथि सोधपुछसुरु भएको छ ।

यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेकाव्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटोखोलिदिएको खुलेको हो । पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन् ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १५:२६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend