नेपाल अमेरिका पत्रकार संघ (नेजा) ८ औं अधिवेशन सुरज भण्डारीको नेतृत्वमा नयां कार्य समिति चयन गर्दै सकिएको छ । आईतबार टेक्सासको ह्युष्टनमा भएको निर्वाचनमा अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो । अन्य सबै पदमा निर्विरोध रुपमा पदाधिकारीहरु चयन भएका थिए ।
अध्यक्ष पदमा सुरज भण्डारी, मधुकर अधिकारी र गोकुल श्रेष्ठको मनोनयम परेकोमा श्रेष्ठले निर्वाचनको केही समय अगाडी मनोनयन फिर्ता लिएका थिए ।
कुल खसेको ७३ मतमा भण्डारीले ५४ मत र मधुकर अधिकारीले १९ मत प्राप्त गरेका थिए ।
निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष सुजन पण्डित, पश्चिम क्षेत्रिय संयोजक रोशन अधिकारी, मध्य क्षेत्रिय संयोजक शंकर थापा, उत्तर क्षेत्रिय संयोजक सुपेन्द्र बस्नेत, महासचिव बाबुराम दाहाल, सचिव प्रतिमा बांस्कोटा, कोषाध्यक्ष जानु पंगेनी र सदस्यहरुमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल रहेका छन् ।