Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मधेशी एशोशिएशन अफ अमेरिका (मा) को अध्यक्षमा डा.संगीत रौनियार सर्बसम्मत

मधेशी एशोशिएशन अफ अमेरिका (मा) को अध्यक्षमा डा.संगीत रौनियार सर्बसम्मत

नेप्लिज डायस्पोरा

१६, जेठ २०८०
images
मधेशी एशोशिएशन अफ अमेरिका (मा) को अध्यक्षमा डा.संगीत रौनियार सर्बसम्मत

फिलाडेल्फिया, अमेरिका / मधेशी एशोशिएशन अफ अमेरिका(मा) को पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा आइतवार सम्पन्न अधिवेशनले डा. संगीत रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

2B169131-B29A-47BC-B35E-D048B6ABB35C.jpeg
तस्वीर : सत्यन्द्र साह

२९ सदस्यीय (मा) को कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा श्रीमती शाही साह निर्विरोध भएका छन्। आठ जना उपाध्यक्ष रहेको कार्यसिमतिको कार्यकाल दुई वर्षको हुनेछ।

BE9F78B0-5D7B-45B7-BD3B-EA8327413753.jpeg
undefined

अध्यक्षमा निर्विरोध डा. रौनियार संस्थापक महासचिव तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। हाल अमेरिकाको टेक्सास निवासी डा. रौनियार पेशाले स्टक्चर इन्जिनियर हुन्।

EE476070-9C0F-4544-A43C-29D5753969BD.jpeg
तस्वीर : सत्यन्द्र साह

नेपालमा सप्तरी पत्तेपुरका डा. रौनियार एक दशकभन्दा बढी समयदेखि अमेरिकामा छन्। नेपालमा पुल्चोक इन्जिनयरिङ्गबाट ब्याचलर गरेका रौनियारले मास्टर्स र पीएचडी अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट गरेका हुन् ।

A1B4C7CB-473C-44F6-93CA-60EAE03F4A75.jpeg
तस्वीर : सत्यन्द्र साह

मधेश एशोशिएशन अफ अमेरिकाको केन्द्रीय समिति – २०२३-२०२५

अध्यक्ष- डा. संगीत रौनियार

वरिष्ठ उपाध्यक्ष – श्री मनोज सिंह

उपाध्यक्ष – दिनेश शाह

उपाध्यक्ष- डा शोभा मण्डल

उपाध्यक्ष- धर्मेन्द्र झा

उपाध्यक्ष- श्री चेतनारायण यादव

उपाध्यक्ष- नवीन शाह

उपाध्यक्ष- जय शाह

उपाध्यक्ष- प्रमोद गुप्ता

उपाध्यक्ष- सुरज नायक

महासचिव-श्रीमती शाही साह

सचिव- प्रकाश भाइ मधेशिया

खजाना- श्री मोहम्मद रफीद

संयुक्त कोष – प्रमोद रे

प्रवक्ताः सुभाष बैठा

मिडिया संयोजक – सञ्जय वर्मा

सहायक मिडिया संयोजक : उपेन्द्र साह

महिला संयोजक: श्रीमती पिंकी यादव

सदस्यहरू:

१. दिपेन्द्र के भगत

२. मनोरमा साह

३. शम्भु यादव

४. रामेश्वर चौधरी

५. सन्तोष यादव

६. अजय यादव

७. मुकेश यादव

८. प्रमोद साह

९. विनोद शाह

१०. पूर्णिमा जयसवाल

 ११. रोशन नायक

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०४:१२:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend