Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको न्यु योर्कमा एउटा सडकको नाम ‘तेन्जिङ्ग नोर्गे शेर्पा’ राखियो

अमेरिकाको न्यु योर्कमा एउटा सडकको नाम ‘तेन्जिङ्ग नोर्गे शेर्पा’ राखियो

नेप्लिज डायस्पोरा

१६, जेठ २०८०
images
अमेरिकाको न्यु योर्कमा एउटा सडकको नाम ‘तेन्जिङ्ग नोर्गे शेर्पा’ राखियो

तस्वीर: बिष्णु राना मगरको फेसबुकबाट

न्युयोर्क, अमेरिका /

सगरमाथा आरोहणको ७० औॅं बर्षगाठ नेपालमा गणतन्त्र दिवसको अवसर पारेर सगरमाथा आरोहण गर्ने पहिलो एवमनेपाली पर्बतारोहि तेन्जिङ नोर्गे शेर्पाको नामबाट न्युयोर्क शहरको नेपालीहरूको घनावस्ती भएको एल्महर्ष्ट सिटीमा रहेको ७५ स्ट्रिटको पुनर्नामाकरण गरिने ऐतिहासिक कार्यक्रममा सहभागि हुन पाइयो ।" न्यु योर्कका सामाजिक व्यक्तित्व बिष्णु राना मगरले सोमबार खुशी हुदै लेख्छन, "बर्तमान परिप्रेक्ष्यमा पहिचान खोज्नेलाईयो भन्दा बढि खुशीको बिषय के नै हुन सक्ला  ?“

अमेरिकाकोमेमोरियल डेको दिन पारेर आयोजना गरिएको एक भव्य कार्यक्रमका बीचमा विश्वको शिखर सगरमाथाको शिखरमा पहिलो मानव पाइला राख्ने तेन्जिङ्ग नोर्गे शेर्पाको नाममा अमेरिकाको न्यु योर्कमा सडकको नामाकरण गरिएको छ।

न्युयोर्क राज्यको क्विन्सस्थित ज्याक्सन हाइटमा रहेको शेर्पा किदुग अगाडिको ७५ स्ट्रिटदेखि उडसाइड सम्मको सडक मार्गलाई यो नाम दिईएको हो ।

B5DC111E-BA0F-4BDC-96DB-F9F26CF69245.jpeg
तस्वीर: मृदुला कोईरालाको फेसबुकबाट

सगरमाथा दिवसको अवसर पारेर सोमवार औपचारिक रुपमा सडकको नामाकरण गरिएको हो।

न्युयोर्क सिटी, शेर्पाकिदुग, शेर्पा संघ अमेरिका नेपाल अमेरिका आरोही संघको संयुक्त आयोजना कार्यक्रम गरिएको

कार्यक्रममा न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावास कार्यवहाक महाबाणिज्यदूत विष्णुप्रसाद गौतम, न्युयोर्क सिटी काउन्सिल सदस्य शेखर कृष्णनतेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बुको उपस्थिति रहेको थियो।

यसै गरि राज्य सीनेटर माइकल जियानारिसराज्य सभा सदस्य क्याटालिना क्रुजराज्य सभा सदस्य जेसिका गोन्जालेज-रोजासकाउन्सिल सदस्य जुली वोन पनि कार्यक्रममा सहभागि थिए।

युनाइटेड शेर्पा संघका अध्यक्ष टेम्बा शेर्पा, युएस नेपाल पर्वतारोही संघका अध्यक्ष पासाङ शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा पनि कार्यक्रममा उपस्थित थिए।

अमेरिकाका रहेका नेपालीको सम्मानका लागि सडकको नामकरण गरिएको हो। केही बर्ष अगाडी न्युयोर्कमै अर्को एउटा सडक मार्गलाईएभरेष्ट मार्गनामकरण गरिएको थियो।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १५:५८:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend