विश्व साईकल यात्री अजीत बराललाई बाल्टिमोरमा सम्मान गरिने भएको छ । सम्मान कार्यक्रममा एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोरको आयोजना र नेप्लिज डायस्पोरा डटकम, सन्देश टुडे र गोरखा राईडर्सको सहकार्य रहेको एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले बताए ।
अन्तराष्ट्रिय विश्व साईकल दिवसका अवसरमा बराललाई सम्मान गर्न लागिएको हो ।
सन् २०१६ देखि विश्व साईकल यात्रामा निस्किएका बरालले अहिलेसम्म ७१ देशको भ्रमण गरिसकेको नेप्लिज डायस्पोरालाई बताए ।
"मेरिल्याण्डमा मैले धेरै माया पाएको छु । त्यसो त मैले संसारभरी नै पाएको छु, यहांको माया अलि फरक नै छ ।" बरालले भने ।
मिट एण्ड ग्रिट नाम दिईएको यो कार्यक्रममा सहभागीहरुले बरालसंगै केही समय साईकल कुदाउन पाउने छन् । साईकल भएकाहरुले साईकल लिएरै आउन आयोजकले सूचना जारी गरेको छ ।
कार्यक्रम सम्बन्धि जानकारी:
PROGRAM DETAILS Date: June 3, 2023
Time: 10:00 AM
Location: Honeygo Run Regional Park
9033 Honeygo Blvd, Perry Hall, MD 21128