Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा नायक राजवल्लभ कोईरालाको सुटिंग सकियो, डबिगं चल्दै

अमेरिकामा नायक राजवल्लभ कोईरालाको सुटिंग सकियो, डबिगं चल्दै

नेप्लिज डायस्पोरा

३०, जेठ २०८०
images
अमेरिकामा नायक राजवल्लभ कोईरालाको सुटिंग सकियो,  डबिगं चल्दै

नायक राजबल्लभ कोईरालाले अमेरिकामा नयां मूभीको सुटिंग सकिएर पोष्ट प्रोडक्सनको काम चलिरहेको जानकारी गराएका छन् ।

“अलि लामै ग्यापपछि मैले चलचित्र गरें ।” राजवल्लभले नेप्लिज डायस्पोरासंग भने, “अमेरिका आएपछि पनि चलचित्रका अफरहरु आईरहन्छन तर कहिले भूगोलका कारण, कहिले समयका कारण र कहिले बिषयवस्तुका कारण गर्न सकिरहेको थिईन यो पटक सबै कुराले साथ दियो ।”

राजवल्लभले अहिले गरेको चलचित्र छोटो चलचित्र हो । अचेल सर्ट मूभीको चलन छ । म पनि राम्रो बिषयवस्तुसहितको अफर आए गर्ने मुडमा थिएं । भनेजस्तै भयो र खेलें ।” उनले भने ।

राजवल्लभ नै मेन क्यारेक्टर रहेको सर्ट मूभी ‘न्यू मुन रेन’ का निर्देशक सन्तोष दाहाल हुन् । कलाकार अरुणा कार्कीले राजवल्लभको श्रीमतीको भूमीका निभाएकी छिन् । मूभीमा नेपालीसंगै विदेशी कलाकारहरु पनि खेलेका छन् ।

चलचित्रमा विदेशिएका पहिलो पुस्ताका नेपालीका कथा व्यथालाई देखाईएको बुझिएको छ ।

अमेरिकाको टेक्सास राज्यका मुख्य सहरहरु युलेस, अर्भिगं, फोर्टवर्थका विभिन्न भागमा मूभीको सुटिंग गरिएको छ ।

निर्देशक सन्तोष दाहाल नेपालको ओष्कार फिल्म कलेजका राम्रा प्रोडक्ट मानिन्छन । उनको अघिल्लो सर्ट मूभी रेनडान्स फिल्म फेष्टिवलमा सेलेक्सनमा परेको थियो । “यो मूभीबाट हामीले हाम्रो कथालाई विश्वव्यापी बनाउने विश्वास लिएकाछौं । दुई महिनापछि हामी यहि यात्रामा निस्कदैछौं ।” राजवल्लभले भने ।

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०१:४२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend