Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

भर्जिनियाको हिमालयन फ्रि क्लिनिकलाई सहयोग गर्न चलचित्र प्रसाद २ देखाइने

भर्जिनियाको हिमालयन फ्रि क्लिनिकलाई सहयोग गर्न चलचित्र प्रसाद २ देखाइने

नेप्लिज डायस्पोरा

३०, जेठ २०८०
images
भर्जिनियाको हिमालयन  फ्रि क्लिनिकलाई सहयोग गर्न चलचित्र प्रसाद २ देखाइने

हिमालयन फ्रि क्लिनिकको सहयोगार्थ नेपाली चलचित्र प्रसाद २ भर्जिनियामा देखाइने भएको छ । सुदर्शन थापा निर्देशित यस चलचित्रमा विपिन कार्की र केकी अधिकारीका साथै अर्पण थापाको अभिनय रहेको छ । सुदर्शन बस्नेत यसका निर्माता हुन् ।

भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर (चलचित्र मन्दिर)मा आगामी जुन १८ आइतबारका दिन दुई चोटी प्रदर्शन हुनेछ ।

पहिलो प्रदर्शन ४ बजे दिउसो हुनेछ भने दोश्रो प्रदर्शन ७ बजे राती हुनेछ । अग्रिम रुपमा नै बिधुतिय प्रणाली (अनलाइन )टिकट खरिद गर्न सकिने व्यवस्था भएको र नेपाली चलचित्रलाई माया गर्नु हुने सबैलाई आयोजकले हेर्न आउन आह्वान र अनुरोध गरेका छन्।

यो चलचित्रलाई हिमालयन फ्रि क्लिनिकको तथा एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनको समर्थन रहेको छ । बिस्तृत जानकारी लिन सफल बानिया ,कल्याण सापकोटा,बिशाल केसी तथा मंजु संग्रौलालाई सम्पर्क गर्न सकिने छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०८:४६:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend