Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आदिवासी जनजाति महिला महासॅघ अमेरिकाको बार्षिक कार्यक्रम भब्यरूपमा सम्पन्न

आदिवासी जनजाति महिला महासॅघ अमेरिकाको बार्षिक कार्यक्रम भब्यरूपमा सम्पन्न

नेप्लिज डायस्पोरा

३०, जेठ २०८०
images
आदिवासी जनजाति महिला महासॅघ अमेरिकाको बार्षिक  कार्यक्रम भब्यरूपमा सम्पन्न

आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बारबिक्यू कार्यक्रम बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ भब्यरूपमा सम्पन्न भएको छ ।


बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रममा हरेक बर्ष केही आकर्षक मनोरञ्जनहरू पस्किएर सम्पन्न हुन्छन् । त्यसैगरि यस बर्षपनि बिभिन्न रोचक खेलहरूका साथै नेपालीपनले भरिपूर्ण परिकारका साथ न्यूयोर्कको क्विनस ब्रिज पार्कमा सम्पन्न भएको हो ।

कार्यक्रममा महिला र पुरूषका लागि अलग अलग बिभिन्न रमाइला खेलहरू थिए भने बालबालिकाकालागि पनि बिभिन्न रोचक खेलहरूले मनोरञ्जन प्रदान गरेका थिए ।

न्यूयोर्कमा रहेका बिभिन्न नेपाली सॅघ सॅस्थाहरूका प्रमुख र प्रतिनिधीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रम हरेक बर्ष नेपालीहरूबीचको भेटघाट, मनोरञ्जन लगायत नेपाली सॅस्कार , सॅस्कृति र नेपाली भाषालाई अमेरिकामै जन्मिएका नयॅा सन्नततिहरूमा हस्ताण्तरण गर्ने उदेश्यलेपनि आयोजना गर्ने गरेको सॅस्थाकी अध्यक्ष इन्दिरा चोङबाङको भनाई छ ।

फिवना अमेरिकामा रहेका नेपाली आदिवासी महिलाहरूको सॅस्था भएपनि सम्पूर्ण आप्रबासी नेपाली महिलाहरू र नेपाली समुदायलाई नै अघि बढाउने उद्धेश्यले बिभिन्न गतिबिधीहरू सॅचालन गर्दै आएकोपनि अध्यक्ष चोङबाङको भनाइ रहेको छ ।

यो कार्यक्रमले बिसुद्ध मनोरञ्जनमाच्र प्रदान नगेरर फिवनाको दिगो बिकासकोलागिपनि यसले मद्दत गरेको छ । फिवनाले आफ्नो समुदायका महिलाहरूलाई बिभिन्न सहयोगहरू जस्तै जनचेतना, शसक्तिकरण, एडभोकोसि लगायत बिभिन्न परिस्थितमा हुने समस्याहरूको समाधानको लागि पनि बिभिन्न पहलकदमी कार्यहरू गर्दै आएको छ ।

कार्यक्रममा उपस्थितहरूले नेपालका आदिवासी महिलाहरूले बनाएका मिठामिठा परिकार र बारबिक्यूका साथमा नेपाली भाकाका गीतहरू सॅगै रमाइलो गर्दै नाचगान गरेर कार्यक्रमको अन्त भएको थियो ।

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १८:०६:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend