टिपिएसको म्याद अर्को १८ महिनाका लागि थपिएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज यसको आधिकारीक जानकारी सार्बजनिक गरेको हो ।
यसअघि टिपिएस २०२४ को जुन महिनासम्मका लागि कायमै थियो । आजको म्याद थपको सूचनाले सन् २०२५ को जुन २४ सम्मका लागि टिपिएस फिक्स भएको हो ।
१८ महिना भनेपनि पहिले नै म्याद थपिदिंदा ६ महिनाको समय गाभिएको अधिकारका प्रोग्राम अर्गनाईजर नविन शाहीले बताउनु भयो । पुरानो चलन अनुसार डिपार्मेन्ट अफ होमल्याण्ड सेक्युरिटी टिपिएसको म्याद सकिनै लागेपछि १८ महिना थप्ने गरेको थियो तर अहिले ६ महिना अघि नै म्याद थपिदिएको हो ।
"म एकदम खुशी छु । अब फेरि नयां आशा पलाएको छ ।" टिपिएसमा रहेका बिष्णु हिराचनले प्रतिक्रिया दिनुभयो ।
होमल्याण्ड सेक्युरिटीको यो निर्णयले झण्डै १५ हजार नेपालीलाई फाईदा पुगेको अधिकारकी अधिकारकर्मी मेघा लामाले बताउनु भयो । "हामी रिडेजिग्नेशनको माग गर्दै बाईडन प्रशासन समक्ष गएका थियौं । यसको पनि सुनुवाई हुने विश्वास हामीलाई छ ।" लामाले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।
रिडेजिग्नेशनको माग पुरा भएमा थप ३५ हजार नेपालीले टिपिएस सुबिधा पाउने लामाको तर्क छ ।
नेप्लिज डायस्पोराले मेघा लामा र नविन शाहीसंग गरेको कुराकानी यहां प्रस्तुत छ :