गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनका लागी मनोनयन दर्ता गर्ने समय नजिकिंदै गर्दा केन्द्रदेखी च्याप्टरसम्मै माहोल तातेको छ।
राष्ट्रिय समन्वय परिषद अमेरीकाका लागी डिलु पराजुली र डाक्टर अर्जुन बन्जाडेले टिम सहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
ठूला राज्यहरुमा च्याप्टरको नेतृत्वकै लागी पनि ठुलै रस्साकस्सी देखिएको छ। क्यालिफोर्नियामा पनि चाप्टर अध्यक्ष पदका लागी पांच जना आकांक्षी देखिएका छन्।
उत्तम धमला

क्यालिफोर्निया च्याप्टरको वर्तमान कार्य समितीमा बोर्ड सदस्य रहेका धमला निकै सक्रिय र लोकप्रिय उम्मेदवार हुन्। उनले गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तर्गतको मिडिया एन्ड पब्लिकेसन्स कमिटीको को चियरको रुपमा पनि काम गरिरहेका छन्। उनि सकृय सन्चारकर्मी पनि हुन्। आम मतदाताहरुको चाहना र क्यालिफोर्निया च्याप्टरको आवश्यकतालाई बुझेर सबै पक्षलाई समेटेर काम गर्न सक्ने उम्मेदवारको रुपमा उनले आफुलाई प्रस्तुत गरेका छन्।
हरी ओझा
क्यालिफोर्निया च्याप्टरको वर्तमान कार्य समितीमा सचिव रहेका हरी ओझा पनि एक ससक्त उम्मेदवार हुन्। सफल युवा व्यवसायिका रुपमा परिचित उनि स्थानिय युवाहरुको माझमा लोकप्रिय छन्। आगामी २०२३ - २०२५ कार्यकालका लागी आफ्नो च्याप्टर अध्यक्षमा उम्मेदवारी दिएका ओझाले आफ्नो अनुभव र कार्यक्षमताका आधारमा आफुलाई बलियो र सक्षम दाबेदारका रुपमा प्रस्तुत गरेका छन्।
केपी ढकाल
स्थानिय रुपमा परिचित भएपनि एनआरएनएका लागी भने ढकाल नयां अनुहार हुन्। उनलाई पनि स्थानियहरुले एक असल समाजसेवीका रुपमा चिन्छन्। सहयोगी भावनाका उनले पनि आफुलाई सक्षम उम्मेदवार दावी गरेका छन्।
बिनय पोख्रेल “बब”
बब बिनय नामले परिचय बनाएका विनय पोख्रेल अघिल्लो २०२१ - २०२३ का लागी पनि च्याप्टर अध्यक्ष पदका उम्मेदवार थिए। अघिल्लो पटक जित हासिल गर्न नसके पनि उनि यसपाली बाजि मार्ने दाउमा छन्। उनले एक सफल व्यवसायी र समाजसेवीका रुपमा स्थानिय परिचय बनाएका छन्।
वासु क्षेत्री
एन आर एन ए का लागी नयां अनुहार भएपनि स्थानिय युवाहरुका बिच क्षेत्री परिचित छन्। स्थानिय संघ संस्थामा काम गरेको अनुभवका आधारमा उनले आफुलाई योग्य उम्मेदवार दाबी गरेका छन्।
चाप्टरकै लागी धेरै आकांक्षी देखिएपनि सबै उम्मेदवारहरु मिलेर जान सकिने सम्भावना भने टरिनसकेको अध्यक्षका आकांक्षी उत्तम धमलाले बताए। सबै मिलेर जान सकिने अवस्थामा सबैले कुनै न त्याग गर्नुपर्ने र आफु त्याग गर्न तयार रहेको पनि उनले बताए। आगामी दिनमा सबै मिलेर काम गर्नु पर्ने भएकोले सबै अट्ने ठाऊं बनाउने कुरामा सबै उम्मेदवार उदार भएर छाती फराकिलो बनाउनु पर्ने उनको भनाई छ।