एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अनुप खनालले युवा उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा खनाल सक्रिय पदाधिकारी मध्येका एक हुन् ।
यसअघि खनालले महासचिवमा उमेद्वारी दिने अमुमान गरिएको थियो ।फेसबुकमा आफ्नो उमेद्वारी घोषणा गर्दै खनाल लेख्छन्:
"नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने मेरो हुटहुटि लाई अबका दिनमा अझ सक्रियाता सहित अगाडि बढाउनु पर्छ भन्ने सोचाईका साथ शुरुका दिनहरुमा संघको माहसचिव पदको लागि आफ़ुलाई प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको थिए ऱ माहसचिव पदकै लागि उमेदवारी घोषणा गर्ने निर्णयमा पनि पुगि सकेको थिए र सोहि अनुरूप सबै सँग गहिरो संवाद गरेर पुर्ण तयारीमै पनि थिए तर संघ र समाज लाई अझ बढि मजबुद र समाजका लागि एउटा दाईत्व बोकेको र समाजमा परिर्वतन लेराउँछु भन्ने नारा बोक्ने हामी युवाहरु नै समाजको फुटको कारक बनेर संघ र समाजलाई अझ तरल अवस्थामा पुराउनु हुदैन भन्ने मेरो सोचाई, सबै सँग गहिरो संवाद, सल्लाह र सुझाव लाई मध्यनजर गर्दै मैले मित्र Ram Hari Adhikari जीको संस्था प्रतिको लगाव र माहसचिव पदमा रहेर सेवा गर्ने उहाँको तीब्र इच्छा र चाहाना लाई सम्मान गर्दै यसपटकको लागि महासचिव पदको लागि मैले उहाँलाई समर्थन गर्ने निर्णय गर्दै म आफु भने संघको आगामी २०२३ - २०२५ नेतृत्वको लागि युवा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गर्ने निर्णयमा पुगेको छु ।"
अनुप खनालको पोष्ट जस्ताको तस्तै:
सम्पूर्णमा नमस्कार 🙏
" युवाहरुको हरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता "
भन्ने नारा सहित मैले युवा उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णयमा पुगेको जानकारी गराउँन चाहन्छु । वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गर्दै गर्दा मेरो काम को मुल्याकंन गर्ने जिम्मा यहाँहरु समक्ष मै राखिदिएको छु । एउटा सामान्य र राजनितिक पृष्ठभुमि भएको परिवारमा जन्मेको म सानो केटो करिब १६ बर्ष अगाडि साना सुटकेस सहित ठूला सपना देखि उच्च शिक्षा हासिल गर्न भनि सबैको सपनाको देश कर्मभुमि अमेरिका आएको थिए ।संघर्षमा वितेका अमेरिकाको विद्यार्थी जीवनमा पनि नेपाल र नेपाली समुदायको लागि केहि गर्नु पर्छ भन्ने भावना सहित नेपाली समुदायमा रहेका विभिन्न संघ संस्थाहरुमा पदमा रहेर वा नरहेर पनि आफ्नो सक्रिय अबद्धता दिदै आएको थिए र छु र आज गैर आवासीय नेपाली हरुको साझा संस्था गैर आवासीय नेपाली संघ, अमेरिकाको यात्राको दौरान च्याप्टरमा बोर्ड सदस्य हुदै केन्द्रिय स्तरमा स्टुडेन्ट टास्क फोर्स को सह- संयोजक देखि हाल वर्तमान कार्य समितिमा सचिव पदमा रहदाँ सम्म म आफ्नो काम र जिम्मेवारी प्रति पुर्ण बफादार रहि काम गरिरहेको पनि जानकारी गराउँन चाहन्छु ।
नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने मेरो हुटहुटि लाई अबका दिनमा अझ सक्रियाता सहित अगाडि बढाउनु पर्छ भन्ने सोचाईका साथ शुरुका दिनहरुमा संघको माहसचिव पदको लागि आफ़ुलाई प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको थिए ऱ माहसचिव पदकै लागि उमेदवारी घोषणा गर्ने निर्णयमा पनि पुगि सकेको थिए र सोहि अनुरूप सबै सँग गहिरो संवाद गरेर पुर्ण तयारीमै पनि थिए तर संघ र समाज लाई अझ बढि मजबुद र समाजका लागि एउटा दाईत्व बोकेको र समाजमा परिर्वतन लेराउँछु भन्ने नारा बोक्ने हामी युवाहरु नै समाजको फुटको कारक बनेर संघ र समाजलाई अझ तरल अवस्थामा पुराउनु हुदैन भन्ने मेरो सोचाई, सबै सँग गहिरो संवाद, सल्लाह र सुझाव लाई मध्यनजर गर्दै मैले मित्र Ram Hari Adhikari जीको संस्था प्रतिको लगाव र माहसचिव पदमा रहेर सेवा गर्ने उहाँको तीब्र इच्छा र चाहाना लाई सम्मान गर्दै यसपटकको लागि महासचिव पदको लागि मैले उहाँलाई समर्थन गर्ने निर्णय गर्दै म आफु भने संघको आगामी २०२३ - २०२५ नेतृत्वको लागि युवा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गर्ने निर्णयमा पुगेको छु ।मलाई आशा र विश्वास छ मेरो यो निर्णय लाई यहाँहरु सम्पूर्णले सकारात्मक रुपमा लिई मैले विगत र वर्तमानमा नेपाल र नेपाली समुदाय प्रति गरेका कामहरुको मुल्यांकन गर्दै र हिजोका दिन देखि आज सम्म जसरी यहाँहरु सम्पूर्णले मलाई अपार माया साथ, सहयोग, समर्थन दिनुभयो त्यसरी नै आज पनि र भविष्यमा पनि दिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु ।
अन्त्यमा युवा, बिधार्थी र युवाहरु लाई जोड्ने खेलकुदको लागि के कसरि आगाडी बढाऊनको लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने मेरो प्रतिबद्धताहरु यहाँहरु समक्ष चाडै नै प्रस्तुत गर्ने पनि जानकारी गराउँन चाहन्छु र यदि यहाँहरु सँग पनि कुनै त्यस्ता खाल्का सल्लाह र सुझाव भएमा कृपया मलाई सम्पर्क पनि गर्न सक्नु हुनेछ ।
धन्यवाद । जय एनआरएनए l
अनुप खनाल
युवा उपाध्यक्ष पदको उमेदवार (२०२३-२०२५ )
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका